गुल्मी । गुल्मीमा सोमबार साँझ जिप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।
सदरमुकाम तम्घासबाट इस्मा गाउँपालिका दाेहाेली जाँदै गरेकाे ग १ ज ५८८९ नम्बरको बलेराे जीप साँझ ६ बजे रेसुङ्गा नगरपालिका ४ को मसिनापाेखरीमा दुर्घटना भएको हो।

जिप लाेडका कारण ब्रेक फेल भइ गाडी भित्तामा ठाेकिएकाे थियाे ।
दुर्घटनामा परी इस्मा गाउँपालिका -४ दाेहाेलीका ५४ बर्षिय लंक बहादुर पल्ली, ५९ बर्षिय रूद्र बहादुर पल्ली, ५९ बर्षिया नर्मती घिमिरे घाइते भएका छन् । त्यस्तै दाेहाेलीकै ६८ बर्षिय ज्ञान बहादुर बस्नेत, ५६
बर्षिय हरी बहादुर दर्लामी र ५८ बर्षिय केश बहादुर पल्ली घाइते भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
टाउकाे र छातिमा चोट लागेको कारण २ जना घाइतेलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ । अन्य घाइतेकाे भने गुल्मी अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएको छ।