बजाज र होन्डाका दुई मोटरसाइकल एउटै मूल्यमा

काठमाडौं । बजाज र होन्डा नेपालमा दुई पाङ्ग्रे सवारी साधन सर्वाधिक बिक्री गर्ने कम्पनी हुन् । बजाज मोटरसाइकल बिक्रीमा अगाडी रहेको छ भने, होन्डाको स्कुटर नेपालमा सर्वाधिक सफल रहेका छन् ।

यस्तोमा यी दुबै कम्पनीले बिक्री गर्ने १५० सीसी सेग्मेन्टको मोटरसाइकलमा होन्डा यूनिकर्न र बजाज पल्सरको बीच प्रतिस्पर्धा हुँदै आएको छ । यद्यपी यो प्रतिस्पर्धामा बजाज पल्सर १५० निकै अगाडी देखिन्छ ।

बजाजले पल्सर १५० को दुई फरक भेरियन्ट बिक्री गर्दै आएको छ । जसमा पल्सर १५० र पल्सर १५० ट्वीन डिस्क छन् । मूल्यको हिसावले यी दुई भेरियन्टमा ११ हजार रुपैयाँको फरक रहेको छ । कम्पनीले सिंगल डिस्क भेरियन्ट २ लाख ६२ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको छ ।

होन्डाले बिक्री गर्ने यूनिकर्न १५० को मूल्य पनि पल्सर १५० जस्तै समान २ लाख ६२ हजार ९०० रुपैयाँ रहेको छ । होन्डाले यूनिकर्न १६० पनि बिक्री गर्दै आएको छ । तर, यहाँ हामीले यूनिकर्न १५० मात्रै विषयमा उल्लेख गरेका छौं ।

इन्जिन

होन्डा यूनिकर्नमा १४९.२ सीसी क्षमताको सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ८००० आरपीएममा १२.७३ बीएच पावर प्रदान गर्छ भने ५५०० आरपीएममा १२.८ एनएम टर्क प्रदान गर्छ ।

बजाज पल्सरमा १४९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले १४ पीएस पावर र १३.४ एनएम टर्क प्रदान गर्छ ।

बडी साइज

बजाज पल्सर १५० को लम्बाई २०५५ एमएम, चौडाई ७६५ एमएम र उचाई १११५ एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ भने ह्वीलवेस १३४५ एमएम रहेको छ ।

होन्डा यूनिकर्नको लम्बाई २०९२ एमएम, चौडाई ७५६ एमएम र उचाई ११०० एमएम रहेको छ । यसमा १७९ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ भने ह्वील वेस १३३६ एमएमको रहेको छ ।

माइलेज र इन्धन ट्याङ्क

बजाज पल्सरमा यूनिकर्नको तुलनामा ठूलो फ्यूल ट्याङ्क दिइएको छ । पल्सरमा १५ लिटर पेट्रोल अट्ने छ भने यूनिकर्नमा १३ लिटरको ट्याङ्क दिइएको छ । भारतीय अटोमोटिभ रिसर्च एजेन्सी (एआरएआई)का अनुसार बजाज पल्सरले प्रतिलिटर ६५ किलोमिटर माइलेज दिन्छ भने होन्डा यूनिकर्नले ६० किलोमिटर माइलेज दिने प्रमाणित गरेको छ ।

तर, दुबै मोटरसाइकलको सडकमा चलाउँदा भने ५० किलोमिटर हाराहारीमा माइलेज आउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय