गुल्मीको मुसिकोटमा २६५ किलोको हनुमानको मुर्ति अनावरण

विष्णुप्रसाद आचार्य मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सारस्थित निर्माणधिन स्मार्ट पार्कमा हनुमानको पुर्णकदको मुर्ति अनावरण गरिएको छ ।

स्वर्गिय मातापिता हरिलाल सापकोटा र बुद्दकला सापकोटाको स्मृतिमा उहाका छोराबुहारीहरु बेदप्रसाद सापकोटा(कृष्ण),रीता सापकोटा, सुदिप सापकोटा,विष्णु सापकोटा लगायत समस्त परिवारद्वारा नौ लाख अठ्ठाइस हजार बराबरको हनुमानको मुर्ति स्थापना गरिएको हो ।

शनिबार बिहान विधिवत रुपमा भजनकिर्तनसहित पुजाआजा गरि मुर्तिको अनावरण गरिएको हो । उक्त मुर्ति स्थापनाको उद्घाटन ज्येष्ठ नागरिकद्वय मुरारी सापकोटा र लालचन श्रेष्ठद्वारा गरिएको हो भने मुसिकोट नगरपालिकाका निवर्तमान नगरप्रमुख सोमनाथ सापकोटाले सहजीकरण गर्नुभएको थियो ।

यस क्षेत्रमै पहिलोपटक मुर्ति स्थापना भएपछि आम नागरिकमा खुसियाली छाएको छ ।

२६५ किलो तौलको पित्तलबाट बनेको हनुमानको पुर्ण कदको मुर्ति नौ लाख अठ्ठाइस हजार बराबरको रहेको निवर्तमान नगरप्रमुख सोमनाथ सापकोटाले बताउनुभयो ।

त्यस्तै मुर्ति राख्ने आधार निर्माणका लागि करिब ३ लाख ५० हजार, मुर्ति ढुवानीमा करिब १ लाख लगायतका खर्चमा भारतको उत्तरप्रदेश स्थित अलिगढबाट उक्त मुर्ति ल्याइएको सापकोटाले जानकारी दिनुभयो ।

मुर्ति स्थापनासङ्गै आम नागरिकलाइ अवलोकन र पुजाआजाका लागि खुल्ला गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय