काङ्ग्रेस नेता हरिनारायण सापकोटाद्वारा २ बालकको अध्ययन खर्च र रोजगारीको ग्यारेन्टीसम्मको जिम्मा

नेपाली काङ्ग्रेस गुल्मीका पुर्व सचिव हरिनारायण सापकोटाले मुसिकोट नगरपालिका ८ वामी हुद्रुङ्गकोटका एक आर्थिक अवस्था कमजोर भएका परिवारका २ बालकलाइ उच्च शिक्षा अध्ययन र रोजगारीको ग्यारेन्टीसम्मको जिम्मा लिनुभएको छ ।

नेपाली काङ्ग्रेसका कृयाशिल सदस्यसमेत रहेका वामी हुद्रुङ्गकोटका किसान बिकको गत जेठ १६ गते मुटु रोगका कारण उपचारको क्रममा मृत्यु भएको र परिवारको आर्थिक अवस्था कमजोर भएकोले उनका दुइ छोराको शैक्षिक भविष्य अन्धकारमुक्त बनाउने उद्येश्यले अध्ययनखर्चको जिम्मा लिएको र अध्ययनपश्चात ती बालकलाइ रोजगार बनाउने दिनसम्मको सम्पुर्ण शैक्षिक खर्चको जिम्मा लिएको काङ्ग्रेस मुसिकोट नगर सह सचिव सुस्मा सापकोटा तिवारीले जानकारी दिनुभयो ।

धन कतैबाट आउछ त कतैबाट जान्छ तर कहा जान्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ भन्ने विषयमा निकै ख्याल गर्नुपर्ने भन्दै नेता हरिनारायण सापकोटाले यी २ बालकलाइ यिनीहरूले चाहेसम्मको अध्ययन र रोजगार बन्ने दिनसम्म लाग्ने शैक्षिक खर्चको जिम्मा आफुले लिएको बताउनुभयो र उक्त ठाउमा खर्च गर्न पाउदा आफुलाइ सन्तोष मिलेको बताउनुभयो। काजकिरिया लगायतका खर्चका लागि भन्दै आजै केहि खाद्यान्न सामाग्री समेत हस्तान्तरण गरिएको बताइएको छ ।

बालक मनिष बिक र निमिष बिक क्रमशः कक्षा १ र कक्षा ५ मा अध्ययनरत छन । बाबुको मृत्युपश्चात परिवारमा देखिएको बालकको भविष्य निर्माणको चिन्ता भने सकिएको सापकोटाले बताउनुभयो । किसान बिकको मृत्युको नवौं दिनको पुण्य तिथिमा गरिएको शोक सभामा बोल्ने क्रममा सापकोटाले यस्तो घोषणा गर्नुभएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेस मुसिकोट वडानम्बर ८ का सभापति रणबहादुर रायमाझिले शोकपत्र वाचन गरि परिवालाइ हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा नेता हरिनारायण सापकोटा,नगर उपसभापति सन्तोष शाक्य,सह सचिव सुस्मा सापकोटा तिवारी,नेता फन बहादुर रायमाझि,वडानम्बर ८ का वडाध्यक्ष रमेश रसौली,किरण बिक,साबित्रा सापकोटा,नर बहादुर बिक, लगायतको उपस्थिति रहेको थियो ।

सहयोगि सापकोटा गत वैशाख ३० गतेको स्थानिय निर्वाचनमा मुसिकोट नगरपालिकाको नगरप्रमुखमा उपविजेता बन्नुभएको थियो । दिवङ्गत भएका किसान बिकको उपचारको क्रममा बुटवलको गौतम बुद्द मुटु अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय