रुद्रावती बहुमुखी क्याम्पसद्वारा नवनिर्बाचित जनप्रतिनिधिहरुलाई सम्मान

भुवन काफ्ले, गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी स्थित रुद्रावती बहुमुखी क्याम्पस परिवारले नवनिर्बाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ।

शुक्रबार क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष अग्निधर लोहनीको सभापतित्वमा सम्पन्न कार्यक्रमले मुसिकोट नगरपालिकामा नवनिर्बाचित नगर प्रमुख जिबलाल खरेल, उपप्रमुख गङ्गा श्रेष्ठ, वडा नम्बर ७ का अध्यक्ष हरिहर सापकोटा,लगायत वडा नम्बर ७ का सम्पूर्ण वडा सदस्यहरुको टिमलाई स्वागत गरेको हो।

सो अबसरमा नगर प्रमुख जिबलाल खरेल जीवन , नगर उपप्रमुख गंगा श्रेष्ठ, वडा नम्बर ७ का वडा अध्यक्ष हरिहर सापकोटा , क्याम्पस ब्यबस्थापन समितिका उपाधक्ष तेजिन्द्र जिसी, ब्यबस्थापन समितिका कोषा-अध्यक्ष बिष्णु राज भण्डारी,कयाम्पस प्रमुख रामु तिवारी, वडा नम्बर ७ का वडा सदस्यहरु लगायतको बिशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति नगरप्रमुख जिबलाल खरेलले रुद्राबती बहुमुखी क्याम्पस नगरपालिकाको एक मात्र क्याम्पस रहेकाले क्याम्पसलाई नमुना बनाउन सक्नु नगरपालिकाको ठुलो उपलब्दी हुने भएकाले नगरपालिकाको तर्फबाट क्याम्पसलाई सक्दो सहयोग गर्ने प्रतिबद्दता गर्नुभयो।

त्यस्तै क्याम्पस प्रमुख रामु तिवारीले बिगतका समयमा नगरापलिकाबट क्याम्पसलाई अपेक्षा गरे अनुसारको सहयोग नभए पनि अबको नयाँ स्थानीय सरकरबाट क्याम्पसको पूर्व आधार निर्माणको लागि ठुलो सहयोगको अपेक्षा राखेको कुरा ब्यक्त गर्नु भएको थियो।

त्यसै गरि नगर उपप्रमुख गंगा श्रेष्ठ, वडा नम्बर ७ का वडा अध्यक्ष हरिहर सापकोटा लगायतले शुभकामना मनतब्य राख्नु भएको कार्याक्रममा क्याम्पसका उपप्राध्यापक लिलाधर घिमिरेको स्वागत मन्तब्य र उपप्राध्यापक कृष्ण प्रसाद सापकोटाको संचालन रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय