आज मुसिकोटमा नवनिर्वाचित पदाधिकारीको सपथ  र पदभार ग्रहण हुँदै

गोविन्द कंडेल, मुसिकोट गुल्मी । मुसिकोट नगरपालिका गुल्मीमा नवनिर्वाचित नगर प्रमुख जिवन खरेलले आज पदभार ग्रहण गर्नु हुने भएको छ ।

विहान ८ : ३० वजे तम्घासमा हुने पालिका प्रमुखहरुको सपथ ग्रहणमा सहभागी भए पश्चात दिउसो २:०० वजे नगरपालिका नगरकार्यपालिका कार्यालयमा उहाँले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुखको पदभार ग्रहण पश्चात आज नै नगर उपप्रमुख सहितका पदाधिकारीहरुको पद तथा गोपनीयताको सपथ ग्रहण हुँदैछ ।

उपप्रमुख, वडा अध्यक्ष सहितका पदाधिकारीहरुको सपथ ग्रहण वामीटक्सार स्थित रुद्रावती वहुमुखी क्याम्पसमा रहेको सभाहलमा ४ वजे पछी हुने वताइएको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।

‘अब अत्यवश्यक भए जिल्ला प्रशासन कार्यालयबाट पास जारी हुन्छ, नभए सरकारी नम्बर प्लेटको गाडी चलाउन पाइन्न,’ पौडेलले भने, ‘पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय