बालेनका ‘राजनीतिक गुरु’ पराजित, ११ औंपटक वडाध्यक्ष बन्ने सपना अधुरै

काठमाडौं । ललितपुर महानगरपालिका– १० मा ११ औं पटक वडा अध्यक्ष बन्न उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकार पराजित भएका छन् । 

काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बनेर लिड गरिरहेका बालेन साहले ‘राजनीतिक गुरु’ मानेका व्यञ्जनकार २८२ मतान्तरले पराजित भएका हुन् ।

उनले ५४३ मत ल्याए भने प्रतिस्पर्धी कांग्रेसका रवीनमान व्यञ्जनकार निर्वाचित भए । नरसिंह स्वतन्त्रबाट उम्मेदवारी दिएर यसअघि १० पटक यहाँको वडा अध्यक्ष भइसकेका छन् ।

बालेन साह हिजो व्यञ्जनकारको मतगणनामा प्रतिनिधि बस्न ललितपुर गएका थिए । तर उनलाई निर्वाचन आयोगका कर्मचारीले प्रतिनिधि बस्न दिएनन् ।

यो पनि पध्नुहोस – दाङ । दाङको घोराही उपमहानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लगि एमालेका नरुलाल चौधरी निर्बाचित भएका छन् ।

चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)लाई ५ हजार ३३० मतले हराउदै विजयी भएका हुन् । चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३६८ मत प्राप्त गरे । चाैधरीले ०७४ काे निर्वाचनमा पनि काँग्रेसका भुपबहादुर डाँगीलाई ५ हजार मत अन्तरले हराएका थिए ।

सुरुको चरणमा मतगणना गर्दा गठबन्धनका शर्माले चौधरीलाई ४ सयको मतान्तरले पछाडि पारेका थिए । वडा नं १९ र १८ को मत गणना गर्दा शर्माको अग्रता थियो । तर पछि वडा नं १४ र १ को मत गणना गर्दा शर्मालाई पछि पार्दै आफ्नो चौधरीले आफ्नो अग्रतालाई बढाउँदै लगेका थिए ।

यस्तै नगर उपप्रमुखमा पनि एमालेकै हुमा डिसी विजयी झिनो मतले विजयी भएकी छन् । डिसीले गठबन्धनबाट काँग्रेसका नगर उपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै विजयी भइन् । डिसीले ३ हजार ४०३ मत प्राप्त गर्दा डाँगीले ३ हजार ३५४ मत प्राप्त गरे ।

डिसी र डाँगीबीच कडा प्रतिस्पर्धा रह्यो । नगरउपप्रमुखमा पनि सुरुवाति चरणमा डाँगीले भारी मतले डिसीलाई पछि पारेका थिए । तर वडा नं १, १४ मा मतगणना गरेपछि भने डाँगी पछाडि परेका हुन् । डाँगी पछाडि परेपनि भारी मतको अन्तर भने भएन । अन्तिम मत परिणाम सार्वजनिक हुनु अघिसम्म पनि डिसी र डाँगीबीच कडा प्रतिस्पर्धा रह्यो ।

घोराहीमा एमालेले १९ वटा मध्ये १३ वडा जितेको छ भने गठबन्धनबाट कांग्रेसले ५ र माओवादीले १ वडा जितेको छ । घाेराहीमा काँग्रस, माओवादी र राष्ट्रिय जनमाेर्चाले चुनावी तालमेल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय