विजेतालाई बधाई दिदै हरिनारायणले भने- ‘मैले पराजित भएको महशुस गरेको छैन’

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा नेपाली काँग्रेससहितको संयुक्त गठबन्धनका उम्मेद्वार रहेका नेता हरिनारायण सापकोटाले विजेताहरुलाई बधाई ज्ञापन गर्दै आफ्नो पक्षमा मतदान गर्ने सबैमा आभार व्यक्त गरेका छन् ।

मंगलवार एक विज्ञप्ती जारी गर्दै उनले देशको बदलिदो परिस्थिति अनुसार संबिधानको मर्म र भावनाको रक्षा गर्दै स्थानीय स्तर सम्म लोकतन्त्र र बिकाशको प्रत्याभूति गर्न नेपाली कांग्रेस पार्टीले आफूलाई गठबन्धनको तर्फबाट स्थानीय निर्वाचनमा उम्मेद्वार बनेको भन्दै जनताहरुले दिएको विश्वासको लागि नतमस्तक भएको बताएका हुन् ।

आफू पराजित भएको अनुभव नगरेको भन्दै उनले भनेका छन्, ‘मुसिकोटबासीले प्रजातन्त्रको सुन्दर पक्षको उपयोग गर्दै अंकगणितिय हिसाबले केहि पछि पर्दै गर्दा पनि मैले आफुलाई पराजित भएको नमानि उपबिजेता भएको मानेको छु । यस मानेमा म सदैब यहाँको जनताको दुखःसुखमा साथ रहनेछु । तपाईहरु लाई परेका हर कुनै पिर मर्कामा म सधै सारथि बनि रहने पनि पुनः प्रतिबद्दता व्यक्त गर्न चाहन्छु।’

यस्तो छ उनले जारी गरेको विज्ञप्ती –आदरणीय सम्पूर्ण नगरवासी आमाबुबा, दिदिबहिनी दाजुभाइ तथा सम्पूर्ण जनसमुदायहरूमा हार्दिक नमस्कार एबम जय नेपालको अभिबादन !

देशको बदलिदो परिस्थिति अनुसार संबिधानको मर्म र भावनाको रक्षा गर्दै स्थानीय स्तर सम्म लोकतन्त्र र बिकाशको प्रत्याभूति गर्न नेपाली कांग्रेश पार्टीले मलाइ गठबन्धनको तर्फबाट यस स्थानीय निर्बाचनमा मुसीकोट नगरपालिकाको मेयर पदका लागि उम्मेदवार बनाएको थियो । गठबन्धनको साझा नीति कार्यक्रमहरु लाई आफ्नो चुनाबी एजेन्डा र मुसीकोट नगरपालिका भविष्य कोर्न म गठबन्धनको तर्फका सम्पूर्ण अन्य उम्मेदवारहरु, पार्टीको नेतृत्व पंक्ति सहित यो चुनाबी अभियानमा सके सम्म धेरै भन्दा धेरै यहाँका बासिन्दा सम्म पुग्ने प्रयास गरे। चुनाबी अभियानमा यहाँहरु सबैले दिनु भएको माया, आड भरोसाले चुनाबी नतिजा सोचे अनुकुल नआए पनि म यहाँ हरु सबैको यति ठुलो बिश्वासको लागि नतमस्तक भएको छु। मुसिकोटबासिले प्रजातन्त्रको सुन्दर पक्षको उपयोग गर्दै अंकगणितिय हिसाबले केहि पछि पर्दै गर्दा पनि मैले आफुलाई पराजित भएको नमानि उपबिजेता भएको मानेको छु । यस मानेमा म सदैब यहाँको जनताको दुख: सुखमा साथ रहनेछु । तपाईहरु लाई परेका हर कुनै पिर मर्कामा म सधै सारथि बनि रहने पनि पुन: प्रतिबद्दता व्यक्त गर्न चाहन्छु।

मत परिणामले हिजो मेरो चुनाबी अभियानमा मलाई हर बखत साथ सहयोग गर्ने सबैमा नमिठो भाव आउनु स्वाभाविक हो, यसबाट अझै पाठ सिक्दै आफ्ना नीति र कार्यक्रम योजना र मैले देखेको मुसिकोटको सपनालाई अझ धेरै भन्दा धेरै मतदाता सम्म पुग्ने प्रयास आगामी दिनमा गरियो भने पुन: हामीलाई धेरैको मत र मन मिल्ने बिश्वास लिदै म सबै प्रति आभार बयक्त गर्न चाहन्छु।

अर्कोत​र्फ​ म​त​प​रिणाम​मा देखिएको ग​ठ​ब​न्ध​न त​र्फ​का धेरै मत ब​द​र हुनु प​नि यो प​रिणाम प्राबिधिक रुप​मा हाम्रो प​क्ष​मा हुन नसकेको तर्फ पनि अवगत ग​राउन चाह​न्छु ।
अन्त्यमा, निर्बाचनको नतिजालाई सहर्ष स्विकार गर्दै वीजयी साथीहरुलाई हार्दिक बधाई दिदै कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चहन्छु र नगरको हितका लागि मेरो तर्फबाट सधै सकारात्मक सहयोग रहने पनि बाचा गर्न चाहन्छु ।

चुनाबी अभियानमा सहयोग गर्ने नेपाली कांग्रेस र गठबन्धनका सबै नेता कार्यकर्ता, प्रचार प्रसारमा अहोरात्र खट्ने सबैमा त्यसै गरि निर्बाचन समितिका राष्ट्रसेवक कर्मचारीहरु सुरक्षा निकायका सबैमा हृदय देखि पुन: एक पटक धन्यबाद दिन चाहन्छु।
धन्यवाद ! जयनेपाल !
हरि नारायण सापकोटा
गठबन्धनको तर्फ बाट मेयर पदको उमेदवार
मुसिकोट नगरपालिका गुल्मी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय