गुल्मीको मुसिकोटमा नेकपा एमाले बहुमतले बिजयी भएको छ ।
नगरपालिकाको मेयर पदमा नेकपा एमालेको तर्फबाट जीवन खरेल तथा उपप्रमुखमा गंगा श्रेष्ठ विजय हुनु भएको छ भने ५ वटा वडामा नेकपा एमालेले विजयी हासिल गरेको छ ।सो जित संगै नेकपा एमालेले बहुमत संगै मुसिकोटको मेयर तथा उपमेयर जितेको हो ।

खरेलको गाँउ समेत रहेको यो वडामा एमालेलाई उत्साहजनक भोट आएसँगै एमालेले जित हासिल गरेको हो । मेयरका प्रतिद्वन्दी हरि नारायण सापकोटालाई आफ्नै गाउँमा पछि पार्दै नेकपा एमालेले जित हासिल गरेको हो ।
एमालेलाई मेयर पदमा ७३९९ मत परेको छ भने रुखमा ६६०६ मत रहेको छ । प्रमुखमा काङ्ग्रेस ७३९ मतले पछाडी परेको छ ।
त्यस्तै उपमेयरमा सुर्यमा ७०११ मत रहेको छ भने कलममा ६३२३ मत रहेको छ । समाजवादी ६८८ मतले पछाडी परेको छ ।
गठबन्धनलाई भारी मतले पछाडी पार्दै एमालेले सानदार जित हासिल गरेको छ ।