गुल्मीमा २६ बर्षिय अधिवक्ता पार्वति कुँवर गाउँपालिका उपाध्यक्ष निर्वाचित

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका २६ बर्षिय अधिवक्ता पार्वति कुँवर गाउँपालिका उपाध्यक्ष्मा निर्वाचित भएकि छन । नेपालि काङ्ग्रेसबाट चुनाव लडेकि कुँवरले नेकपा एमालेकि उम्मेदवारलाई हराउँदै उपाध्यक्षमा निर्वाचित बनेकि हुन ।
कुँवरले एमालेकि बिमला खत्रीलाइ ७ सय ८८ मतले पछि पार्दै जित हासिल गरेकि हुन ।कुँवरले ५ हजार ९ सय ९ मत ल्याएकि छन भने एमालेकि खत्रीले ५ हजार १ सय २१ मत पाएकि छन ।
इस्मा गाउँपालिका पुर्ब श्रम तथा राेजगार मन्त्री र हालका सांसद गोकर्ण बिष्टको गाउँपालिका हो । २०७४ सालकाे निर्वाचनमा उनैका दाजु लक्ष्मण बिष्टले यश गाउँपालिकामा जित हासिल गरेका थिए तर अहिले अध्यक्षमै काङ्ग्रेसका भगत सिंह खड्का सहित ४ वटा वडा काङ्ग्रेसले जितेको छ भने दुईवटा वडामा एमालेले जित हासिले गरेको छ । इस्मा गाउँपालिकामा ६ वटा वडा रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय