एमाले कार्यकर्ताद्वारा मुसिकोटमा पटक-पटक अराजक गतिविधिहरु, यस्ता गतिविधिहरु नरोकिएमा सशक्त रुपले ठाडो प्रतिरोधमा उत्रिने तरुण दल मुसिकोटको चेतावनी

गुल्मी । नेपाल तरुण दल नगर कार्यसमिति मुसिकोटले सोमबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै एमाले कार्यकर्ताद्वारा मुसिकोटमा पटक-पटक गरेका अराजक गतिविधिहरुको सशक्त रुपले ठाडो प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ ।

सोमबार मुसिकोट नगरपालिका वडा नं. ७ वामी टक्सार बसपार्कमा ५ दलिय गठबन्धनको चुनावी कार्यक्रममा एमालेका केहि उच्छिङ्खल कार्यकर्ताहरुले मुसिकोट नगरपालिका वडा ७ का तरुणदल सभापति सतिस बौद्धाचार्य लगायत अन्य साथीहरु माथि गरेको सांघातिक आक्रमण प्रति नेपाल तरुणदल मुसिकोट नगरकार्य समितिको ‘ गम्भीर ध्यानाकर्षण रहेको तरुण दल नगर कार्यसमिति मुसिकोटका सभापति भिम पाण्डे बताए ।

यसरी पटक-पटक प्रचलित नियम कानुनको धज्जि उडाउँदै सर्वदलिय बैठकले निर्णय गरेको निर्वाचन आचारसंहिता बिपरीत कहिले बाटो छेक्ने,, कहिले मानिस कुटपिट गर्ने र कहिले हाम्रा उम्मेदवार माथि अभद्र ब्यवहार गर्ने जस्ता श्रृङ्खलाबद्ध अराजक गतिविधि एमालेको उदण्डता मात्र नभई पराजित मानसिकताको उपज नै भएको तरुण दल नगर कार्यसमिति मुसिकोटका सचिव बिबेक काफ्ले बताए ।

उक्त घटना क्रममा संलग्न अभियुक्तहरुलाई अविलम्ब कारवाहीको माग गर्दै जिम्मेवार राजनीतिक दलको संयम भातृसंघको नाताले नेपाल तरुणदलले नेकपा एमालेलाई आफ्ना कु-कर्म सच्याई लोकतान्त्रिक संस्कार देखाउन सचेत गराउदै यस्ता गैरजिम्मेवार कार्यको तरुण दल मुसिकोटले घोर भर्त्सना गर्दछ ।

नेकपा एमालेका यी र यस्ता अराजक गतिविधिहरु नेपाल तरुणदलले एकदमै नजिकबाट तियालिरहेको र यस्ता गतिविधिहरु नरोकिएमा सशक्त रुपले ठाडो प्रतिरोधमा उत्रिने नेपाल तरुण दल मुसिकोटले एमालेलाई चेतावनी समेत दिएको छ ।

प्रेस विज्ञप्ती

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय