गुल्मीको मुसिकोट ७ वामीमा चुनाब प्रचारप्रसारको क्रममा विवाद उत्पन्न भएको छ । गठबन्धन दलका कार्यकर्ता र एमाले कार्यकर्ताबिच प्रचारप्रसारको क्रममा विवाद भएको प्रहरीले जनाएको छ ।

वामी बसपार्कमा भेट भएका दुबैपक्षबिच आआफ्ना नारा लगाउदा लगाउदै विवाद उत्कर्षमा पुगेको हो । झण्डै ५ बजेको समयमा भएको विवादमा काङ्ग्रेसका सतिस बौद्दाचार्यलाइ एमालेका कार्यकर्ताद्वारा हातपात भएको भन्दै प्रहरीमा उजुरी दिने तयारी काङ्ग्रेसले गरेको छ ।
केहि समयको विवादपछि प्रहरीलाइ खबर भएको थियो ब्यापक प्रहरी परिचालनपछि अवस्था सामान्य भएको थियो ।झण्डै १ घण्टाजति विवाद र चर्काचर्की हुदा वामीको बसपार्क तनावमय भएको थियो ।
यस अघिपनि २ वटा विवादका घटना वामीमा भैसकेका छन ।