चुनावीसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुटवल आउँदै

रूपन्देही । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउन लागेका छन्।

नेकपा एमाले रुपन्देही आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली आउन लागेका हुन् । बिहान साढे १० बजे काठमाडौंमा पत्रकार सम्मेलनमा सम्बोधन गरेपछि हेलिकोप्टरमार्फत ओली बुटवल आउने छन् ।

बुटवल ११ देवीनगरस्थित वाणिज्य क्याम्पस छेउको मैदानमा हुने सभामा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसालसहितका नेताहरुले सम्बोधन गर्ने एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भूमिश्वर ढकालले समय छोटो भएकाले धेरै नेताहरुले सम्बोधन गर्ने कार्यक्रम नबनाइएको जानकारी दिए ।

यो पनि पढ्नुहोस् – काठमाडौं । दिनहुँजसो देशका ठूला सहरमा चुनावीसभा गरिरहेको सत्तागठबन्धनले आज पोखरामा चुनावीसभा गर्दैछ । चुनावीसभामा प्रधानमन्त्री शेरबहादुर देउवासँगै गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । पोखराको सभा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ ।

गठबन्धनले यसअघि भरतपुर, काठमाडौं र लुम्बिनीमा चुनावीसभा गरिरहेको छ ।

पोखराको सभा सकेर कांग्रेस सभापति देउवालगायत शीर्ष नेताहरू दाङको तुलसीपुर जाने कार्यक्रम छ । दाङमा दिउँसो २ बजेका लागि सभा समय तोकिएको छ । गठबन्धनले वैशाख २१ गतेबाट चुनावी सभा सुरू गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय