गुल्मी मुसिकोटमा उच्च तहका नेताहरुमा शालिनता,कार्यकर्तामा भाडभैलो

गुल्मीको मुसिकोट नगरपालिकामा आउदो बैशाख ३० को स्थानीय निर्वाचनको लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु चुनाबि प्रचारप्रसारमा जुटिरहेका छन ।

निर्वाचनको लागि घरदैलोमा हिडेका गठबन्धन दलको तर्फबाट काङ्ग्रेका हरिनारायण सापकोटा र एमालेको तर्फबाट जिवन खरेल तथा स्वतन्त्र उम्मेदवारहरु भद्र र शालीन शैलीमा चुनाबि मैदानमा उत्रिएका छन ।

केहि दिन अगाडि चुनाबि प्रचारप्रसारको क्रममा भेट भएका हरिनारायण सापकोटा र जीवन खरेलको शालीन र भद्र शैलीको तस्बिर सामाजिक सन्जालमा लोकप्रिय बनेकोमा आम नागरिकमा सामाजिक सद्भाव र राजनीतिक सस्कारको उच्च व्यहार भएको भन्दै प्रशम्सा गरेका छन ।

उच्च तहका नेताहरुमा शालिनता देखिएपनि कार्यकर्तामा भने भाडभैलो देखिएको छ । शुक्रबार बिहान गठबन्धन दलका नेताहरु चुनाब प्रचारप्रसारमा गएको टोलीलाइ एमाले कार्यकर्ताद्वारा मुसिकोट ७ वामीको टोड्के,भेडुवा गाउ प्रवेशमा रोक लगाएपछि प्रहरीले सहजीकरण गरेको थियो ।

त्यसलगत्तै शुक्रबार बेलुका मुसिकोट नगरपालिकाको वडानम्बर ८ वामी साजनबोटस्थित चुनाब प्रचारप्रसारको क्रममा झडप भइ घाइते समेत भएका स्थानीयले घरायसी झगडालाइ राजनितिकरण गरि कार्यकर्ताबिचमा भाडभैलो भएको सिद्द गरेका छन ।

उक्त विषयमा उजुरी वामी प्रहरी चौकीमा दर्ता गराएर सामाजिक राजनैतिक सस्कार बिर्सेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय