गुल्मी मुसिकोटमा घरदैलोमा हिडेको गठबन्धन दलको समुहलाइ एमाले कार्यकर्ताद्वारा अवरोध

गुल्मीको मुसिकोटमा चुनाबि प्रचारप्रसारमा हिडेको गठबन्धन दलका नेताहरुलाइ स्थानिय एमाले कार्यकर्ताले अवरोध गरेका छन ।

शुक्रबार बिहान मुसिकोट नगरपालिका वडानम्बर ७ वामीसेरा,टोड्के,भेडुवा टोलमा घरदैलोमा जाने क्रममा टोड्के,भेडुवा चोकमा स्थानिय एमाले कार्यकर्ताले अवरोध गरेको गठबन्धन दलका नेता रुपकलाल श्रेष्ठले बताउनुभयो ।

गठबन्धन दलको तर्फबाट माओवादिका राजन सापकोटा,चन्द्र रसाइली,काङ्ग्रेसको तर्फबाट तोयनाथ खराल,लोकनाथ काफ्ले,नितु राना,रुपा नेपाली,चुरा बहादुर राना लगायतको टोलीलाइ अवरोध गरेको प्रहरीले जनाएको छ ।

बिहिबार गठबन्धन दलको गाडिले आफुहरुलाइ दु:ख दिएको कारण देखाउदै शुक्रबार उक्त टोलीलाइ गाउ प्रवेशमा अवरोध गरेको प्रहरीले जनाएको छ ।

गाउ प्रवेशमा रोक लगाएको भन्दै उक्त टोलीले प्रहरीलाई खबर गरेपछि प्रहरी टोड्के,भेडुवा जाने चोकमा भएको विवाद समाधानको लागि पुगेको थियो । समाधानपछि काङ्ग्रेस,माओवादी लगाएका नेताहरु घरदैलोमा गएका छन ।

 

सडक अवरोध गरेका एमाले कार्यकर्तालाइ प्रहरीले यो समयमा मत माग्ने र घरदैलो गर्ने अधिकार सबैलाइ भएको भन्दै सम्झाएपछि उनीहरुले बाटो खुल्ला गरेका हुन। टोड्के भेडुवामा प्रवेश गर्ने ठाउमा बाइक लस्कर लगाएर गाउ प्रवेशमा रोक लगाइएको थियो ।

यस विषयमा एमालेका नेताहरुले सामान्य विवादजस्तो भएको र समस्या समाधान भएको प्रतिक्रिया दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय