गुल्मी मुसिकोटमा उच्च राजनीतिक नेताहरुको चुनाबि सम्बोधन,नागरिकमा उत्साह आएन।

गुल्मी । गुल्मीको मुसिकोटमा चुनाबि मैदानमा रहेका राजनिक दलका उच्च तहका नेताहरुले एकपछि अर्कोले सम्बोधन गरिरहदा विगतमाजस्तो नागरिकमा उत्साह भने देखिएको छैन ।

चुनाबि कार्यक्रमलाइ गाउ टोलमा पुगेर मतदातालाई मत मागिरहेका पुर्व मन्त्रीसमेत रहेका गोकर्ण विष्टप्रति पहिलेजस्तो आकर्षण भने देखिएन । त्यस्तै नेपाली काङ्ग्रेसका तर्फबाट संविधान सभा सदस्य समेत रहेका चन्द्र भण्डारी,केन्द्रीय सदस्य चन्द्र केसी लगायतका नेताहरुले सम्बोधन गरिरहदा पनि विगतमाजस्तो आकर्षण नदेखिएको पाइएको हो ।

त्यस्तै पटकपटकको सत्ता साझेदार रहेको नेकपा माओवादी केन्द्रका नेता बुद्दि जिसीले सम्बोधन गरिरहदा पनि नया रौनक देखिएन । क्रमश एमालेका उपमहासचिव तथा पुर्व मन्त्री प्रदीप ज्ञवालीको सम्बोधनमा पनि पहिलापहिलाजस्तो चासो देखाएन।

एमालेमा विद्रोह गरेर नेकपा एकीकृत समाजवादि बनेको पार्टीकि हालकि मन्त्रीसमेत रहेकि झाक्री पनि चुनाबि सम्बोधन गर्न मुसिकोटका विभिन्न ठाउमा पुगिन,अन्य नेताहरुमाभन्दा उनमा केहि नागरिकको अपेक्षा भने अवस्य देखिन्थ्यो । तर उनको राष्ट्रिय चर्चा परिचर्चाजस्तो आकर्षण भने देखिएन ।

आफ्नो दैनिकिमा व्यस्त रहेका नागरिकहरू भने कुनै पार्टीको कार्यक्रममा स्वतस्फूर्त रुपमा उपस्थित भएनन। राजनीतिक दलहरुले सवारीसाधनको प्रयोग गरेर ओसारपसार गरेका कार्यकर्तामाझ नेताहरुले चुनाबि सम्बोधन गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय