इस्मामा स्थानिय मदिरालाइ बैधानिक र उपयोगि बनाउछौ-काङ्ग्रेस उम्मेदवार कुवर

गुल्मी । इस्मा गाउपालिका उपाध्यक्ष पदकी उम्मेदवार पार्वती कुवरले स्थानिय मदिरालाइ वैधानिक बनाएर नागरिकको आम्दानीको श्रोतसङ्ग जोड्ने गरि योजना ल्याउने बताउनुभएको छ ।

उपाध्यक्ष पदको काम,कर्तव्य र अधिकार क्षेत्रभित्र यस्ता विषयको नितिनिर्माण र अध्ययन,अवलोकन तथा अनुगमनजस्ता विषय पर्ने भएकोले स्थानिय मदिरालाइ घरेलु उद्योगको रुपमा विकास गरि त्यसलाइ करको दायरामा ल्याउने उद्घोष गर्नुभयो ।
इस्मा कोदो उत्पादनको लागि अब्बल क्षेत्र भएकोले र कोदोको धेरै उपयोगिता र फाइदामध्ये मदिरा उत्पादन र नियमन पनि अहिलेको आवश्यकता भएकोले आफुले निर्वाचित भएर आउनेवित्तिकै यसलाइ अगाडि बढाउने कुवरको भनाइ छ ।

स्थानिय मदिरालाइ उत्पादन र नागरिकको आयश्रोतसङ्ग जोड्न सकियो भने नागरिकको जीवनस्तर पनि बदलिन सक्ने कुवरले बताउनुभयो ।

अहिले स्थानिय मदिराको गलत प्रयोग भैरहेको र यसले पारिवार तथा समुदायमा विभिन्न समस्या उत्पन्न गराएकोले यसलाइ नै वैधानिक र करको दायरामा ल्याउन सके घरेलु उद्योगको रुपमा स्थापित गर्न सकेमा बाहिरबाट आउने मदिराको प्रयोग घट्न गइ गाउपालिकाबासीको जीवनस्तर माठि उठ्ने उहाको दाबि छ ।

यसरि मदिरालाइ नियमन,उत्पादन र वितरण गर्दा रोजगारीको समेत ढोका खोल्ने उहाको बुझाइ छ ।

मदिर प्रयोग आफैमा पुर्णतः सहि नभएपनि कतिपय जातजाति,धर्म र समुदायको प्रयोग सस्कारको रुपमा प्रयोग गरिने भएकोले यसलाइ पुर्णतः बहिष्कार (ब्याण्ड) नगरि ब्राण्डिङ्ग गरिने गरि योजना बनाउने उहाको तर्क रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय