शहरी विकाश मन्त्री झाक्रीद्वारा बिहिबार बिहान वामीटक्सारको गठबन्धनद्वारा आयोजित कार्यक्रमको चुनाबि सम्बोधन हुने भएको छ ।
बुधबार दिउसोको लागि तय भएको कार्यक्रम प्रतिकुल मौसमका कारण भोलि बिहान हुन लागेको चुनाव प्रचारप्रसार समिति सम्योजक तथा नेपाली काङ्ग्रेस गुल्मीका सदस्य योगेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

मङ्गलबार र बुधबार मुसिकोटका विभिन्न ठाउमा कार्यक्रम भएपनि वामीटक्सारमा भने हुन नसकेको हो । गठबन्धन दलका समर्थक,शुभेच्छुक, नेता तथा कार्यकर्तालाइ भोलि बिहान ९:३० बजे आमन्त्रण गरिएको बताइएको छ ।
कार्यक्रममा काङ्ग्रेका नेता (सम्विधान सभा सदस्य) चन्द्र भण्डारी,केन्द्रीय सदस्य चन्द्र केसी,पार्टी सभापति खिलध्वज पन्थी लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।