कांग्रेस उम्मेदवारले फुपुको खुट्टा ढोग्दा तर्सिए कम्युनिस्ट, फैलाए यस्तो अपवाह

काठमाडौं – नेपाली कांग्रेसका एकजना उम्मेदवारले फूपुको खुट्टा ढोग्दा नेकपा एमालेका कार्यकर्ताको मन जलेको छ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिका–१० का वडाध्यक्षका उम्मेदवार अमृत खनालले फूपुको खुट्टा ढोक्दा एमाले कार्यकर्ताको मन जलेको हो। उनले फूपु नाता पर्ने महिलाको खुट्टामा पैसा राखेर ढोगेको फोटो बाहिरिएपछि विभिन्न टिका टिप्पणी भइरहेका छन् ।

विपक्षीले यसलाई चुनावी एजेण्डा नै बनाएर प्रचार गरिरहेका छन् । तर, यसको वास्तविकता भने फरक छ। उनले फूपुको खुट्टा ढोगेको बताए। सोमबार बिहान खनाल कार्यकर्तासँगै चुनाव प्रचार प्रसारको क्रममा घरदैलो अभियानमा गएका थिए ।

सोहीअनुसार उनी सोमबार बिहान ९ नम्बरको सीमा नजिक पुगे । त्यहाँ उनकी फुपुको घर रहेकोर , हिन्दु संस्कारअनुसार फुपुको खुट्टा ढोगेको उनको भनाइ छ। उनले पनि फुपुबाट आर्शिवाद लिए र एक हजार रुपैयाँ राखेर फुपुको खुट्टा ढोगे ।

‘उहाँ मेरो फुपु हो। घरदैलोमा क्रममा उहाँको घर पुगेपछि हिन्दु धर्मअनुसार खाली हात, के खुट्टा ढोगौं भनौं भनेर पैसा राखेर ढोगेको हुँ। विपक्षीले उहाँहरुले तोडमोड गरेर प्रचार गरेका छन्। उहाँ ९ नम्बरको मतदाता हो । उहाँको घर सिमानामा थियो । त्यही भएर भेटघाट गर्न गएको हुँ,’ उनले भनेका छन्।

खनालले आफू तीन दलविरुद्ध एक्लै अब्बल रहेकोले पैसाको प्रयोग नगर्नेसमेत दाबी गरे । उनले माओवादी केन्द्र, नेकपा एमाले र राप्रपासँग कांग्रेस एक्लै चुनावमा खडा भएकाले उनीहरुले गलत प्रचार गरेको बताए । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय