गठबन्धनले नेकपा एसका उम्मेदवारलाई नस्वीकार्दा भरतपुरमा किचलो, एमाले उत्साही

चितवन । भरतपुर महानगरपालिका– १० मा गठबन्धनमा आबद्ध दलबीच किचलो बढेको छ । गठबन्धनले पूर्व वडाअध्यक्ष एवम् नेकपा एसका जिल्ला उपाध्यक्ष अरुणपीडित भण्डारीलाई वडा सदस्यमा समेत नस्वीकारेपछि गठबन्धनमा गडबड भएको हो ।

गठबन्धनप्रति नेपकपा एस रुष्ट भएपछि यहाँ कांग्रेस र माओवादी मात्रै चुनावी प्रचारमा निस्केका छन् । गठबन्धनमा कुरा नमिलेपछि कांग्रेस र नेकपा (माओवादी केन्द्र) का चारजना मात्रै वडाका उम्मेदवार आइतबारदेखि घरदैलोमा हिँडेका छन् । गठबन्धनमा अध्यक्षका उम्मेदवार परमेश्वर खनाल, सदस्य शम्भुलाल पाख्रिन नेपाली कांग्रेसका उम्मेदवार हुन् भने रेशमराज थापा र पार्वती परियार नेकपा (माओवादी केन्द्र) का हुन् ।

वडा सदस्य पदका उम्मेदवार तथा नेकपा (एकीकृत समाजवादी) जिल्ला उपाध्यक्ष अरुण पीडित भण्डारीले गठबन्धनदले आफ्नो पार्टीले गरेको निर्णय स्वीकार नगरेका कारण समस्या भएको बताए ।

उनले भने, ‘हाम्रो उम्मेदवारको निर्णय हामीले गर्ने हो । सहमतिअनुसार पार्टीले मलाई वडा सदस्यको उम्मेदवार बनाउने निर्णय गर्यो, तर उहाँहरुलाई स्वीकार भएन । आफ्नो पार्टीको उम्मेदवारको निर्णय गर्ने जिम्मा त हाम्रै पार्टीलाई हुन्छ नि !’

गठबन्धनमा भाँडभैलो भएपछि नेकपा (एकीकृत समाजवादी)ले अध्यक्षसहित दुई वडा सदस्यको उम्मेदवारी कायम राखेका छन् । राष्ट्रिय जनमोर्चाले यसअघि नै गठबन्धनबाट बाहिर रहेको विज्ञप्तीमार्फत जनाइसकेको छ ।

गठबन्धनमा भाँडभैलो हुँदा भरतपुर वडा नम्बर १० मा नेकपा एमालेका उम्मेदवार भक्तिप्रसाद गौतमसहितको टीम थप बलियो भएको नेकपा एमालेका नेताहरुको दाबी छ । नेकपा एमाले वडा नम्बर १० को पाँच नम्बर क्षेत्रका निर्वाचन प्रचार संयोजक रामबाबु श्रेष्ठले गठबन्धनमा विवाद हुँदा आफूहरुलाई अन्य दलका कार्यकर्ताबाट समेच सुभेच्छा आएको बताए । – नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय