गुल्मी । गुल्मीको मुसिकोटमा ५ जना उम्मेदवार १ जना नगरप्रमुख पदको लागि चुनावि मैदानमा उत्रिएका छन ।
उम्मेदवारहरुमध्ये कोहिउपर दाबि बिरोध नपरेको,उम्मेदवारी फिर्ता नलिएका र योग्य ठहरिएकोले मनोनयन दर्ता गराएका ५ जनालाइ चुनाव चिन्ह प्रदान गरिएको छ । शनिबारको निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता गराएका राजनैतिक दल र स्वतन्त्र गरि ५ जना उम्मेदवारहरुलाइ नगर प्रमुखको लागि निर्वाचन चिन्ह प्रदान गरिएको निर्वाचन अधिकृत दयाशंकर अधिकारीले जानकारी दिनुभएको छ ।
नगरप्रमुखको लागि मनोनयन दर्ता गराएका गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका हरिनारायण सापकोटालाइ रुख चिन्ह,नेकपा एमालेका जीवलाल खरेल(जीवन)लाइ सुर्य चिन्ह,स्वतन्त्र तर्फका विपिनविश्वास रायमाझिलाइ पुतली चिन्ह प्रदान गरिएको छ ।
त्यस्तै स्वतन्त्र तर्फबाट परियार उथ्यान मन्चका उम्मेदवार अर्जुन परियारलाइ कैची र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएका गोविन्द गोपाल खातीलाइ हलो चिन्ह प्रदान गरिएको आयोगले बताएको छ ।

राजनीतिक दल र स्वतन्त्र तर्फका उम्मेदवारहरुलाइ चुनाव चिन्ह प्रदान गरिएपछि मुसिकोटमा चुनाबि प्रचारप्रसार भने तिब्र बनेको छ । आम नागरिकमा भने पहिलाजस्तो उत्साह नभएको प्रतिकृया आइरहेका छन ।