गुल्मी मुसिकोटमा गठबन्धनको विरुद्धमा उठेका बागि उम्मेदवारलाइ काङ्ग्रेसले निलम्बन गर्यो ।

आउदो बैशाख ३० मा हुन गैरहेको स्थानिय निर्वाचनको लागि गठबन्धनको विरुद्दमा परेको काङ्ग्रेसको वागि उम्मेदवारलाइ पार्टीले निलम्बन गरेको छ ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ बडागाउका गठबन्धनको विरुद्दमा उम्मेदवारी दिएका काङ्ग्रेसका ज्ञान बहादुर जिसीलाइ निलम्बन गरेको नेपाली काङ्ग्रेस गुल्मीका सचिव जगदिश भट्टराईले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ ।

यस अघि काङ्ग्रेसले सहमतिमा मुसिकोटमा वडानम्बर ३ बडागाउ र वडानम्बर ७ वामीको वडाध्यक्ष माओवादीलाइ दिने सहमतिमा हस्ताक्षर गरेको थियो ।

सहमति बिरुद्द उम्मेदवारी दिएका काङ्ग्रेसका बागि उम्मेदवार हरुलाइ उम्मेदवारी फिर्ता लिन अनुरोध गरेपनि अन्य उम्मेदवारले मनोनयन फिर्ता लिएपनि वडानम्बर ३ का वडाध्यक्षका बागि उम्मेदवार ज्ञान बहादुर जिसीले फिर्ता नलिएपछि निलम्बन गरिएको काङ्ग्रेसले बताएको छ ।

पार्टीको विधान,अनुशासन विपरित कार्य गरेकोले जिसीलाइ कार्वाही गरिएको शनिबार एक सुचना जारी गर्दै कारवाहि गरिएको व्यहोरा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय