भागवत भाष्कर पण्डित श्री कमलनयन गौतमसङ्गै बिशेष झाँकीको समुह गुल्मीको मुसिकोट आउँदै

भुवन काफ्ले, मुसिकोट । राधाकृष्ण भागवत भाष्कर पण्डित श्री कमलनयन गौतमसङ्गै बिषेश झाँकीको समुह गुल्मीको मुसिकोट नगरपालिका -७ वामी आउने भएको छ ।

मुसिकोट नगरपालिका निवासी समस्त कौडिन्य मौत्रीय सापकोटा परिवारको आयोजनामा हुन गईरहेको गोत्रीय वंशोद्वार तथा पितृमोक्ष कल्याणार्थ श्रीमद्‌भागवत ज्ञानमहायज्ञ २०७९ मा
भागवत भाष्कर पण्डित श्री कमलनयन गौतमसङ्गै विविध झाँकी सहितको समुह आउने भएको हो ।

यहि बैशाख १९ गते देखि २५ गतेसम्म मुसिकोट नगरपालिका वडा नम्बर ७ सेरा बेणीमा हुन लागेको श्रीमद्भागवत ज्ञानमहायज्ञमा भागवत भाष्कर पण्डित श्री कमलनयन गौतमसंगीतमय कथा, प्रवचन तथा विविध झाँकीहरुको बिषेश प्रस्तुति रहने छ ।

मुसिकोट वामीमा हुन लागेको यस धार्मिक ज्ञान महाज्ञानमा सम्पूर्ण भक्तालुजनहरुमा ऊपस्थित भई भागवत भाष्कर पण्डित श्री कमलनयन गौतमसंगीतमय कथा, प्रवचन श्रवण गरि धार्मिक ज्ञान लिनुहुन सापकोटा परिवारले सबैमा सादर निमन्त्रणा गरेको छ ।

भागवत भाष्कर पण्डित श्री कमलनयन गौतम केहि समय अगाडि मुसिकोट नगरपालिका वडा नम्बर सातमा रहेको श्री महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको अबसरमा सम्पन्न गरिएको श्रीमद् भागवत धन-धान्यान्चल सप्ताह ज्ञान महायज्ञ २०७५ मा पनि मुसिकोट आउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय