२६ वर्षमै गाउँपालिकाको उपाध्यक्ष हाँक्न मैदानमा उत्रिइन् पार्वती

गुल्मी । गुल्मीमा २६ वर्षीया युवती गाउँपालिकाको उपाध्यक्ष बन्न चुनावी मैदानमा होमिएकी छिन् । गुल्मीको इस्मा गाउँपालिकाको उपाध्यक्षका लागि २६ वर्षीया पार्वती कुँवर चुनावी मैदानमा होमिएकी हुन् ।

उनलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको हो ।२६ वर्षको उमेरमै गाउँपालिकाको उपाध्यक्षमा मनोनयन दर्तापछि कुँवरले पाको पार्टीबाट युवा उम्मेदवार बन्न पाएकोमा खुसी व्यक्त गरिन् । राजनीतिलाई समाज सेवाको माध्यम मान्ने कुँवर आफू निर्वाचित भए संवैधानिक दायित्वसँगै महिला सशक्तीकरणका लागि विशेष क्रियाशील रहने बताइन् ।

‘अवसर पाएमा महिलाले पनि पुरुषले भन्दा राम्रो कार्य सम्पादन गर्न सक्छन् भन्ने देखाउनेछु । गाउँपालिका उपाध्यक्षले गर्नैपर्ने कामसँगै गाउँका महिलाका नियमित समस्या समाधान गर्न पहल लिनेछु’, कुँवरले भनिन् । उनले महिलालाई राजनीतिक परिवर्तनको साधनमात्रै बनाउने क्रम छाडेर आसन, भाषण र शासनसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन् ।

उनी गुल्मीबाट कांग्रेसको महासमिति सदस्यसमेत हुन् । व्यवस्थापन र राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण कुँवरले कानूनमा स्नातकसमेत गरेकी छिन् । आफू कानूनको विद्यार्थी भएकाले न्यायिक समितिलाई उचित नेतृत्व दिन सक्षम रहेको कुँवरको दावी छ ।

सो गाउँपालिकाको अध्यक्षमा गुल्मी कांग्रेसका सचिव भगतसिंह खड्काले उम्मेदवारी दिएका छन् ।यो पनि पढ्नुहोस् – ललितपुर । स्थानीय निर्वाचनको क्रममा ललितपुरमा विवादैविवाद छ । गठबन्धनबाट अलग बनाएपछि नेकपा समाजवादीले जिल्लाभर आफ्नै उम्मेदवार उठाइसकेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पनि विवाद छ । माओवादी केन्द्रका नेता भगिरथ तिमल्सिनाले महाङ्काल गाउँपालिकामा बागी उम्मेदवारी दिएपछि गठबन्धनभित्र विवाद चर्केको हो । कांग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ सहमतिविपरीत माओवादीबाट उम्मेदवारी परेपछि समस्या परेको र उम्मेदवारी फिर्ता लिनुपर्ने बताउँछन् ।

गठबन्धनको सहमति अनुसार महाङ्काल गाउँपालिका– १ र २ मा माओवादी केन्द्रलाई दिनुपर्ने दाबी गरिएको छ । तर, सहमति अनुसार नभएपछि आफूले उम्मेदवारी दिएको नेता लिमल्सिना बताउँछन् । श्रेष्ठ भने यो विषयमा सहमति नभएको दाबी गर्छन् । ुवडामा कुनै सहमति भएको थिएन । प्रकृयामा थियो । अध्यक्ष नेपाली कांग्रेसर उपाध्यक्ष माओवादी केन्द्रलाई दिने सहमती भने भएको हो,ु उनले भने ।

बुधबारको बैठकपछि आआफ्नो पार्टीको विवाद मिलाउने सहमति भएको श्रेष्ठले बताए । महाङ्कालमा विवाद मिलाउने क्रममा जिल्ला नेतृत्वको निर्णयविरुद्ध कांग्रेसका पालिका पदाधिकारीले सामूहिक राजिनामा दिएका छन् । कांग्रेस वरिष्ठ उपाध्यक्ष संजय लामा,वडा सभापति रामहरी दुलाल, कोषाध्यक्ष राजराम परियार र सदस्य बलराम घिमिरेले राजीनामा दिएका हुन् ।

बागमती गाउँपालिकामा वडाध्यक्ष समेत रहेका विष्णु तिमल्सिना र स्थानीय नेता डोलकेशर दाहालले कांग्रेस निर्णय विपरीत क्रमशस् अध्यक्षरउपाध्यक्षमा बागी उम्मेदवारी दिएका छन् । कांग्रेसले वीरबहादुर लोप्चनलाई टिकट दिएपछि तिमल्सिनाले बागी उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय