गठबन्धन विपरीत परेका उम्मेदवारी फिर्ता गर्ने गरी मुसिकोटको साझा गठबन्धन एकढिक्का

गुल्मी । उमेदवार मनोनयन गर्ने क्रममा पाँच दलिय गठबन्धनको सहमति विपरित कतिपयले उमेदवारी मनोनयन गरे पछि बिग्रिएको मुसिकोट नगरपालिका स्थित गठबन्धन दलहरुको सम्वन्धन सप्रियर पुनः एक ढिंक्का बन्न पुगेको छ ।

बुधबार दिनैभर पाँच दलिय गठबन्धन बीच बैशाख ११ गते भएको सहमति अनुसार उम्मेदवारी भागबण्डा कार्यन्वयन गर्ने र सहमति विपरित उम्मेदवारी दिएकाहरुले फिर्ता लिने र एक ढिक्का भएर बन्धनका साझा उम्मेदवारलाई विजयी बनाउने प्रतिबद्धत्ता अक्षरस पालना गर्दै एक ढिक्का भएर चुनावी मैदानमा उत्रिने समझदारी भएहो हो । बैशाख ११ गते भएको सहमतिमा वडा नम्वर–३ र ७ मा वडाध्यक्ष पद माओवादी केन्द्रलाई परेको थियो । तर नेपाली कांग्रेसबाट वडा नम्वर–३ का झबिलाल भण्डारीले सहमति विपरित वडाध्यक्षमा उम्मेदवारी मनोनयन गरेपछि सहमतिको वातबरण बिग्रेको थियो ।

भण्डारीले त्यसरी सहमति विपरित उम्मेदवारी दिए पछि वडा नम्वर ७ को वडाध्यक्षमा पनि माओवादी केन्द्र रकांग्रेस दुबैले उम्मेदवारी मनोनयन दर्ता गरेका थिए । त्यस वडामा कांग्रेसको तर्फबाट तेजेन्द्रबहादुर जिसीले वडाध्यक्षको उम्मेदवारी दिएका थिए भने माओवादी केन्द्रको तर्फबाट राजन सापकोटाको नामले परिचित डिलाराम सापकोटाले वडाध्यक्षको उम्मेदवारी दिएका थिए । उता वडा नम्वर ३ मा सहमति अनुसार नै माओवादी केन्द्रबाट दुर्गाबहादुर खड्काले वडाध्यक्षको उम्मेदवारी दिएका थिए ।

त्यस्तै वडा नम्वर ५ मा सहमति अनुसार कांग्रेसबाट रुद्र प्रसाद खरेलले उमेदवारी दिएका थिए । तर सहमति विपरित माओवादी केन्द्रका युवराज खरेलले पनि वडाध्यक्ष उम्मेदवारी दिएका थिए ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष दुर्गा बिश्वकर्माले मेयर पदमा र माओवादी केन्द्रकी बिष्णु खड्काले उपमेयर पदमा उम्मेदवारी दिएका थिए । साझा प्रतिबद्धता संगै उनिहरु दुबै जनाले पनि उमेदवारी फिर्ता लिने भएका छन् ।

सहमति अनुसार उम्मेदवार दिएका वडा नम्वर ३ का वडाध्यक्ष दुर्गाबहादुर खड्काको र वडा नम्वर ७ मा डिलाराम सापकोटा उर्फ राजन सापकोटा गठबन्धनमा साझा उम्मेदवार बनेर चुनावी मैदानमा गठबन्धनले उतार्ने भएको छ । त्यस्तै सहमति विपरित वडा नम्वर ३ का झबिलाल भण्डारीले उम्मेदवारी फिर्ता गराउन सम्वन्धित दलले निर्देशन दिने निर्णय गरिएको छ ।

त्यस्तै वडा नम्वर ३ मा कांग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिएका ज्ञानबहादुर जिसी लगायत गठबन्धन दलबाट जो जसले स्वतन्त्र उम्मेदवारी दिएका छन् उनिहरुले पनि बैशाख १६ गते भित्र फिर्ता गराउन लगाउने , यदि नगरेमा सम्वन्धित दलले निजलाई कार्बाही गरि विज्ञप्ती प्रकाशित गर्ने निर्णय गरिएको छ ।

त्यस्तै स्वतन्त्र उम्मेदवारी दिने विभिन्न ब्यक्तिहरुलाई सत्तागठबन्धन दलको भए नभएको पहिचान गरि, यदि भएको खण्डमा उम्मेदवारी फिर्ता लिन पहल गर्ने निर्णय समेत गरिएको छ ।

सत्ता गठबन्धन दलबाट विभिन्न पदमा सहमति विपरित दिईका उम्मेदवारी फिर्ता भए लगत्तै सत्तागठबन्धन दलहरु एक ढिंक्का भएर चुनानी मैदानमा उत्रिन लागिएको माओवादी केन्द्र मुसिकोट नगर कमिटीका अध्यक्ष दुर्गा बिश्वकर्माले बताए ।

त्यस्तै नेपाली कांग्रेस मुसिकोट नगर कमिटीका सभापति मोहनप्रसाद घिमिरेले मनोनयन दार्ताको दिनमा केहि समस्याहरु देखिए पनि पाँच दलिय नेतृत्वमा खासै समस्या नभएको र त्यस अघि गरिएको सहमति अक्षरस पालना गर्ने प्रतिबद्धता संगै सत्तागठबन्धनको चुनावी माहोल भब्य बनेको प्रतिकृया दिए ।

मुसिकोटको पाँच दलिय प्रतिबद्धता पत्रमा गठबन्धनका प्रमुख तथा प्रतिनिधीहरुले हस्ताक्षर गर्ने र गठबनधनबाट मेयर पदका साझा उमेदवार हरिनारायण सापकोटा , एकिकृत समाजवादीबाट उपमेयरका उमेदवार श्रीराम महत, नेपाली कांग्रेस प्रदेश कार्य सम्पादन समितिका , अनुसासन विभाग प्रमुख तथा मुसिकोट नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक माधव प्रसाद खरेल रोहवरमा रहेका छन् ।

त्यस्तै सोही पार्टीकी प्रदेश कार्य सम्पादन समिति सदस्य बिष्णु कुमारी सापकोटा , नेकपा माओवादी केन्द्रका लुम्विनी प्रदेश कमिटी सदस्यद्धयः खुमबहादुर थापा र रुपक श्रेष्ठ , नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य रामराजा प्रसाद घिमिरे लगायत पनि रोहवरमा बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय