गुल्मिमा  काँग्रेस प्रबेस गर्नेको लहर

रमेश बिस्वकर्मा ,तम्घास गुल्मि

पछिल्लो समय गुल्मी काँग्रेसमा प्रवेशीहरुको लहर बढ्दै गएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–७ मा अन्य पार्टी परित्याग गरि ७० जना भन्दा बढी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

उनीहरुलाई बिहिबार नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.चन्द्र भण्डारी,नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, उपसभापति बिष्णु प्रसाद बलाल, सचिव खिलध्वज पन्थी, महासमिति सदस्य, शालिक पन्थी, महाधिवेशन प्रतिनिधि श्रीप्रसाद भलामीले स्वागत गरेका थिए ।

यस्तै काँग्रेस नेता धनेन्द्र कार्की, जिल्ला सदस्य झविन्द्र विश्वकर्मा, आमन्त्रित जिल्ला सदस्य धर्मराज पाण्डे, क्षेत्रिय सचिव सन्तोष गौतम, नेविसंघ पूर्व केन्द्रिय सदस्य मोतिलाल भण्डारी, लगायतका जिल्लास्थित नेताहरुले स्वागत गरेका थिए ।

त्यस अवसरमा नेपाली काँग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले नेकपा भित्र नेताहरुको लडाई र बढ्दो भ्रष्टाचारका कारण ओली सरकार असफल भएको आरोप लगाएका छन् । गृह जिल्ला गुल्मी आएका नेता भण्डारीले जनताले धेरै आशा र विश्वासका साथ कम्युनिष्ट सरकारलाई बहुमत दिए, तर सबै कुराबाट सरकार असफल भइसकेको बताए । उनले नेकपाको सरकारले देश विकास गर्नुको साटो नेता र अगुवा कार्यकर्ता पाल्ने काम भएको र मुलुकमा भ्रष्टाचार मौलाएको, विदेशी हस्तक्षेप बढेको आरोप लगाए ।

नेपाली काँग्रेस गुल्मीका सभाापति भुवन प्रसाद श्रेष्ठले गुल्मी जिल्लाका स्थानीयतहहरुमा भएका अनियमितता र नातावाद कृपावादका कारण जनता वाक्क भएर पार्टी परित्याग गरि काँग्रेसको अभियानमा लागेको धारणा व्यक्त गर्दै, यो सरकारले जनता र मुलुकको हित गर्न नसक्ने बताए ।

नवप्रवेशी खेमराज मरासिनी, वडा सभापति देव बहादुर थापा लगायतले समेत मन्तव्य राख्नुभएको थियो । नेपाली काँग्रेस रेसुङ्गा नगर सभापति छवि पाण्डेको सभापतित्व रहेको कार्यक्रममा उपसभापति उदय बहादुर थापाको स्वागत तथा सचिव अनिल बस्नेतको सञ्चालनमा कायृक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय