मुसिकोटमा नगरप्रमुख पदका लागि स्वतन्त्र मात्रै ३ जना उम्मेदवार चुनावी मैदानमा

भुवन काफ्ले , मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा नगरप्रमुख पदका लागि स्वतन्त्र तर्फ ३  जनाले  उम्मेदवारको मनोनयन दर्ता गरेका छन् ।

आगामी बैशाख ३० मा हुन गईरहेको स्थानिय चुनावको लागि गुल्मीको मुसिकोट नगरपालिकामा स्वतम्त्र तर्फ ३ जनाले मुसिकोटको नगरप्रमुख पदका लागि उमेदवारको मनोनयन दर्ता गरेको मुसिकोट नगरपालिकाको निर्बाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मुसिकोटमा नगर प्रमुख पदका लागि  स्वतन्त्रतर्फ  उम्मेदवार मनोनयन गर्नेहरुमा मुसिकोट नगरपालिका ८ का बिपिन रायमाझी, मुसिकोट नगरपालिका १ का बीर बहादुर जि.सी, परियार उत्थान मञ्चको तर्फबाट मञ्चका सचिव अर्जुन परियार रहनु भएको छ ।

यो पनि पढ्नुहोस् – बाग्लुङ्ग  . पश्चिम बाग्लुङ्ग निसिखोला गाउपालिकाका युवा अंचल शाहीले भ्रष्ट्राचारीलाई कानुन बमोजिम कार्वाही गर्छु भन्दै गाउपालिका अधयक्षमा उम्मेदबारी दर्ता गराएका छन् ।गणतन्त्र नेपालले ल्याएको गाउगाउमा सिहदरबार भन्ने नामको नारालाइ दुरुपयोग गर्दै स्थानीय तहमा चरम भ्रष्टाचार भएको र त्यस्तालाइ कारवाही गर्ने भन्दै आफ्नो उम्मेदवारी दर्ता भएको शाहीले बताएका छन् ।

ग्रामीण र क्षेत्रगत अन्न भन्डारण समभाव र समतामूलक बिनिमय र बितरणको नीति तथा कार्ययोजना सहितका कार्य प्रारम्भ गर्ने उनको सोच रहेको छ ।त्यस्तै स्थानीय रुपमा उब्जन र उत्पादन बीउ विजन संरक्षण ,भन्डारण र वितरण सहितको अनुसन्धान केन्द्र स्थापना गर्ने स्थानीय रुपमा पाइने जडिबुटी ,तथा आयुर्वेद तथा वैद्यहरुको अध्ययन,अनुसन्धान र प्रशोधनको शुरवात गर्ने उनले उद्घोष गरेका छन् ।

निर्वाहमुखी खेतीले जीवनयापनमा समस्या ल्याएको भन्दै खेतीयोग्य तथा कृषिजन्य क्षेत्रको पहिचान तथा अनुसन्धान र वैज्ञानिक प्रयोजनको आधार निर्माण गर्ने सोच उनले बनाएका छन् ।

त्यस्तै पशुपालन क्षेत्र तथा गौचर क्षेत्रको आधुनिक वर्गीकरण, -स्थानिय नागरिकको सीप,क्षमता र सामार्थ्य अनुसारको रोजागारका लागि अनुसन्धान र सामाधान,स्थानीय रुपमा जिवित रहेका भाषा तथा कलाको खोज अनुसन्धान तथा संरक्षणमा अध्ययन अध्यापनका लागि पाठशाला निर्माण,क्षेत्रगत ऐतिहासिक महत्त्वका आयामहरुमा थप खोज अनुसन्धान,सम्बर्द्धन र उत्खननसहित थप जिवन्तका लागि साहित्यिक अभिलेखिकरणमा जोड लगायतका विषयमा उनले जोड दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय