एकैघरका सदस्य फरक दलबाट चुनावी मैदानमा

काठमाडौं । सोलुखुम्बुमा पति-पत्नी र बाबु-छोरा फरक दलबाट उम्मेदवार बनेका छन् । थुलुङदुधकोशी गाउँपालिका- ६ मा निरकुमारी राईले एमालेबाट महिला सदस्यमा मनोनयन दर्ता गरेकी छन् । उनका पति ध्रुवदेव राई कांग्रेसको वडा सदस्यका उम्मेदवार छन् ।

मुख्य निर्वाचन अधिकृत अन्चन भट्टराईका अनुसार सोही गाउँपालिकाको ७ नम्बर वडा सदस्यमा बाबुछोरा कांग्रेसबाट जसबहादुर राई र माओवादीबाट छोरा रोशन राई उम्मेदवार बनेका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा राष्ट्रिय जनमोर्चाबाट मेयरमा शेरबहादुर खत्री र उपप्रमुखमा छोरी शारदा खत्री कटवालले उम्मेदवारी दर्ता गराएका छन् ।

यो पनि पढ्नुहोस् – चितवन । स्थानीय तह निर्वाचनमा सधैँ चर्चाको केन्द्रमा रहने भरतपुर महानगरपालिकामा पाँच दलीय महागठबन्धनविरुद्ध एक्लै भिडिरहेको नेकपा एमालेलाई राप्रपाले साथ दिएको छ ।

अघिल्लो निर्वाचनमा ६ हजार मत कटाएको राप्रपाले यसपटक एमालेको मेयर उम्मेदवार विजय सुवेदीलाई समर्थन गर्दै उपमेयरमा मात्र उम्मेदवारी दिएको छ । उपमेयरमा राप्रपाबाट जिल्ला उपाध्यक्ष हिमला गुरुङले उम्मेदारी दिएकी छन् ।

भरतपुर महानगरपालिका शारदानगरकी हिमला राप्रपाको पुरानो नेता हुन् । विक्रम पाण्डेको निर्वाचन क्षेत्र रहेको भरतपुर र माडी दुवैमा एमालेलाई मेयरमा सघाएर राप्रपाले उपमेयर लिएको छ । माडीको उपमेयरमा राप्रपाबाट मदन पौडेल उम्मेदवार बनेका छन् । त्यहाँ एमालेबाट यसअघिकी उपमेयर ताराजकाजी महतो मेयरको उम्मेदवार छिन् ।

भरतपुरको मेयरमा कांग्रेका नेता पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अघिल्लोपटक राप्रपालाई उपमेयर नदिँदा ३ सय मतको अन्तरमा पराजित भएकाले यसपटक राप्रपालाई समेत समेटेर एमाले ढुक्क हुन खोजेको छ ।

एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने भन्छन्, ‘मतपत्र नच्यातिएको भए एमालेले अघिल्लो चुनावमै पनि जितिसकेको थियो । त्यो चुनाव हामीलाई हराइएको हो । यसपटक हामी कुनै कमजोरी हुन नदिने प्रयासमा छौं । एमालेको भोट त बढेकै छ, राप्रपाको समेत मत थपिँदा सहज जित हुने भएकाले तालमेल गरिएको हो ।’

राप्रपाले भरतपुर महानगरमा आफ्नो पक्षमा ८ हजार मत रहेको दाबी गरिरहेको छ । हालैमात्र अध्यक्ष राजेन्द्र लिङ्देनसहितको उपस्थितिमा राप्रपाले वृहत् आमसभा गरेको थियो । विक्रम पाण्डे आउने चुनावमा एमालेको सहयोगमा प्रचण्डविरुद्ध सांसदको उम्मेदवार बन्न चाहन्छन् । त्यसका लागि भरतपुर र माडीमा एमालेलाई सहयोग गर्न उनी तयार भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय