नगरप्रमुखका उमेदवार पन्थीद्वारा शताब्दी पुरुषसँग आशिर्वाद लिएर घरदैलो अभियान सुरु

गुल्मी, १३ बैशाख, रेसुङ्गा नगरपालिका प्रमुखका उमेदवार नेपाली काँग्रेस गुल्मीमा सभापति खिलध्वज पन्थीले शताब्दी पुरुषसँग आशिर्वाद लिएर घरदैलो अभियान सुरु गरेका छन् । सोमबार रेसुङ्गा नगरपालिकाको प्रमुखमा मनोनयन दर्ता गरेपछि काँग्रेस गुल्मीमा सभापति पन्थीले मंगलबारदेखि शताब्दी पुरुषको आशिर्वाद लिएर घरदैलो अभियान सुरु गरेका हुन् ।

रेसुङ्गा नगरपालिका वडा नम्बर ९ निवासी १ सय २ वर्षीय पर्शुराम पन्थी उपाध्यायसँग आशिर्वाद लिएर घरदैलो अभियान सुरु भएको नेपाली काँग्रेस रेसुङ्गा नगरकार्यसमितिले जनाएको छ । शताब्दी पुरुषको आशिर्वाद लिएर आफु घरदैलो अभियानमा लागेकोले नगरपालिकाको प्रमुखमा अत्याधिक मतले बिजयी हुने उमेदवार नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले दाबी गरे ।

वि.सं. २०१६ मा वीपी कोइराला गुल्मी आउँदा पर्शुराम पन्थी उपाध्यायको घरमा बसेको, उपाध्याय अहिले १ सय २ वर्ष पुगेको र नगरपालिकामा सबैभन्दा ज्येष्ठ नागरिक उपाध्याय भएकोले आफुले घरदैलो अभियान सुरु गर्दा शताब्दी पु्रुष उपाध्यायसँग आशिर्वाद लिएको नगरपालिका प्रमुखका उमेदवार पन्थीले बताए । उनी अब नगरपालिकाका सबै वडा र टोलटोलमा घरदैलो कार्यक्रमका लागि पुग्ने छन् ।

आशिर्वाद लिन नेपाली काँग्रेसको तर्फबाट नगरपालिका प्रमुखका उमेदवार खिलध्वज पन्थी, उपप्रमुखका उमेदवार अमृतादेवी कुँवर, वडा नम्बर ९ बाट वडाध्यक्षका उमेदवार कृष्णप्रसाद पाण्डे, सदस्यहरु चेतनारायण पन्थी, सिर्जना बराल, गङ्गादेवी पाण्डे र माया सुनार पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय