गुल्मी मुसिकोटमा ५ दलिय गठबन्धनले उम्मेदवारको मनोनयन दर्ता गर्यो

विष्णु प्रसाद आचार्य चकित मुसिकोट गुल्मी । आउदै गरेको बैशाख ३० गतेको स्थानीय निर्वाचनको लागि मुसिकोटमा ५ दलिय गठबन्धनले उम्मेदवारको मनोनयन दर्ता गरेको छ ।

जस अन्तरगत नगरप्रमुखमा साझा उम्मेदवारको रुपमा नेपाली काङ्ग्रेस गुल्मीका पुर्व सचिव समेत रहेका हरिनारायण सापकोटा सर्वसम्मत उम्मेदवार बन्नुभएको छ ।

त्यस्तै गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा नेकपा समाजवादिका लुम्बिनी प्रदेश सचिवालय सदस्य समेत रहेका श्रीराम महत उम्मेदवार बन्नुभएको छ ।

वडाहरुमा भने नगरपालिका भरिमा नेकपा माओवादीलाइ वडानम्बर ३ बडागाउ र वडानम्बर ७ वामीमा नेकपा माओवादीको वडाध्यक्ष सर्वसम्मत उम्मेदवार बन्ने निर्णय भए अनुसार गठबन्धनले उम्मेदवारी दर्ता गरेको छ ।

गठबन्धनको साझा उम्मेदवारको रुपमा वडानम्बर १ मा नेपाली काङ्ग्रेस मुसिकोटका नगर सभापति समेत रहेका मोहन घिमिरे रहनुभएको छ ।

वडानम्बर २ मुसिकोटमा काङ्ग्रेसका रबिन्द्र केसी,वडानम्बर ३ बडागाउमा माओवादी र काङ्ग्रेस दुबैले उम्मेदवारी दर्ता गरेपनि सहमतिमा जानेगरि उम्मेदवार चयन हुने गठबन्धनले बताएको छ ।

वडानम्बर ४ बडागाउमा काङ्ग्रेसका गुप्त बहादुर कार्की,५ आपचौरमा रुद्र खरेल ६ कुर्घामा काङ्ग्रेसका जीत बहादुर रायमाझि (सुनिल) वडानम्बर ७ वामीमा नेकपा माओवादी र काङ्ग्रेस दुबैको तर्फबाट उम्मेदवार दर्ता भएपनि गठबन्धनको उम्मेदवारको रुपमा एकजनामात्रको मात्र उम्मेदवारी रहने नेताहरूले बताएका छन ।

वडानम्बर ८ वामीमा काङ्ग्रेसका रमेश रसौली(बि .क) उम्मेदवार बन्नुभएको छ ।

वडानम्बर ९ अर्लाङ्गकोटमा काङ्ग्रेसकी महिला नेतृ भुमा गुरुङ्ग उम्मेदवार भन्नुभएको छ ।

कतैबाट गठबन्धन टुटेको हल्ला बाहिर आएपनि बैकल्पिक रुपमा गरिएका उम्मेदवारी फिर्ता गरेर गठबन्धन कायम रहने नेताहरुले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय