किन पत्रकार सम्मेलन गर्दैछन् प्रचण्ड ?

वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पत्रकार सम्मेलन गर्दै छन्।

पेरिसडाँडामा दिउँसो १२ बजे हुने पत्रकार सम्मेलनमा उनले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे आफ्ना भनाइ राख्ने छन्। माओवादीको केन्द्रीय प्रचार विभागले आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय तहको निर्वाचनबारे कुरा राख्ने माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

प्रचण्डले अघिल्लो सोमबार पनि पत्रकार सम्मेलन गरेका थिए । माओवादी केन्द्रले स्थानीय चुनावभर प्रत्येक सोमबार पत्रकार सम्मेलन आयोजना गर्ने बताएको छ।

यो पनि पढ्नुहोस् – बैसाख,बुटवल । नेपाली कांग्रेसले रुपन्देहीको एक उपमहानगरपालिका र ५ नगरपालिकामा मेयरको उम्मेदवारको टुंगो लगाएको छ ।आइतबार रातिसम्म बसेको प्रदेश समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार बुटवल उपमहानगरपालिकाको मेयर उम्मेदवार खेलराज पाण्डे हुने भएका छन् । उनी नगर सभापति हुन् । यस्तै तिलोत्तमा नगरपालिकाको मेयर उम्मेदवार जिल्ला पार्टी सभापति रामकृष्ण खाँण हुने भएका छन् ।

सैनामैना नगरपालिकाको मेयरमा फणिन्द्र शर्मा उम्मेदवार हुने भएका छन् । पाण्डे, खाँण र शर्मा तीनै जना अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए । तीनै जना एमालेका उम्मेदवारसँग पराजित भएका थिए । यस्तै देवदह नगरपालिकामा हालका मेयर हिरा केसी उम्मेदवार बन्ने भएका छन् । सिद्धार्थनगर नगरपालिकाको मेयरमा इस्तियाक अहमद खान र लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा सिरजुद्दिन मुसलमान उम्मेदवार बन्ने भएका छन् ।

टिकट पाउनेमध्ये पाण्डे पार्टीभित्र संस्थापनइतरका हुन् भने लुम्बिनी सांस्कृतिक नगरपालिकाका मुसलमान नेता भरत शाह निकट र बाँकी ४ जना गृहमन्त्री बालकृष्ण खाँण निकटका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय