गुल्मीको मुसिकोटमा २६ वर्षीय युवक वडाध्यक्षका उम्मेदवार

गुल्मीको  मुसिकोट नगरपालिका २ मा  २६  वर्षीय युवक वडाध्यक्षको  उमेदवार बनेका  छन्   

सो वडामा सत्ता  गठबन्धनका तर्फबाट नेपाली  काङ्ग्रेस का युवा नेता २६ वर्षीय रविन्द्र  केसीलाई  साझा  उमेदवार घोषणा गरिएको हो ।सो वडामा उनको  नेतृत्वमा काँग्रेस, माओवादी केन्द्र,  एकीकृत समाजवादी, जनमोर्चा र  जसपाको प्यानल बनेको छ ।  

गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गुल्मीको मुसिकोट नगरपालिका वडा नं ९ मा नेपाली काँग्रेसले सम्पूणर् पदका उम्मेदवारको टुगों लगाएको छ ।

यस अगाडी वडाध्यक्षमा भुमा गुरुङ र वडासदस्यमा बोम बहादुर खत्रीलाई सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको थियो । शनिवार बसेको वडा समितिको बैठकले महिला सदस्यमा मनरुपा सापकोटा,दलित महिला सदस्यमा पार्वती परियार र खुल्ला सदस्यहरुमा तारा प्रसाद कंडेल (अर्जुन )लाई सर्वसम्मत उम्मेदवारको रुपमा चयन गरेको हो ।

यो पनि पढ्नुहोस – गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ४ बडागाउमा गठबन्धनको तर्फबाट साझा उम्मेदवारको टुङ्गो लागेको छ । शनिबार बसेको गठबन्धनको संयुक्त बैठकले उम्मेदवारको टुङ्गो लगाएको गठबन्धनमा रहेका काङ्ग्रेस महाधिवेशन प्रतिनिधि ज्ञानहरि सापकोटाले जानकारी दिनुभयो ।

जसमा वडाध्यक्षमा नेपाली काङ्ग्रेसका वडा सभापति समेत रहेका गुप्त बहादुर कार्कीलाइ साझा उम्मेदवारको रुपमा अगाडि सार्ने सहमती भएको छ ।

सदस्यहरुमा २ वटा सदस्य समाजवादिलाइ परेको छ जसमा खुल्ला पुरुषमा थम्मन बहादुर गाहामगर र महिला सदस्य धन कुमारी अधिकारी कार्की (सिता) रहनुभएको छ । माओवादिलाइ १ खुल्ला सदस्य परेको छ जसमा विष्णु बहादुर बगाले रहनुभएको छ । 

त्यस्तै वडाध्यक्ष सङ्गै एक जना दलित महिला सदस्य पाएको काङ्ग्रेसकि तर्फबाट टिका बि.क रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय