मुसिकोट- २ मा आगलागी हुँदा २ गोठमा क्षति

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं २ मा आगलागीबाट २ गोठ जलेका छन् ।

उक्त वडाको कुखुरा पोले जगंलबाट लागेको आगो बस्तीमा पस्दा स्थानीय गणेश खत्रीको गोठ जलेर नष्ट भएको हो । आगलागीबाट घरमा समेत क्षती पुगेको छ भने गोठमा रहेका ५ वटा बाख्रा मरेका छन् । आगलागीबाट मानवीय क्षति नभएपनि ठुलो क्षति भएको बताईएको छ ।

आगलागीको खबर पाए लगत्तै नेपाली काँग्रेका युवाहरु आगो नियन्त्रणका लागि पुगेका थिए ।आगो नियन्त्रणका लागि नेपाली कांग्रेस मुसिकोट नगरपालिका वडा नं २ का वडाध्यक्ष पदका युवा उमेदवार रबिन खत्रीको समुहले केही बेरमा नियन्त्रणमा लिएको हुन् ।

गाउँमा अरु कोही नभएको अवस्था भएकाले काँग्रेसका युवा नेताहरुको समुहले आगो नियन्त्रणमा लिई ठुलो जनधनको क्षतीबाट जोगाएको स्थानीहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय