विष्णुप्रसाद आचार्य चकित मुदिकोट गुल्मी । आउदै गरेको बैशाख ३० गतेको स्थानीय निर्वाचनको लागि मुसिकोटमा ५ दलिय गठबन्धनले उम्मेदवारको टुङ्गो लगाएको छ ।
जस अन्तरगत नगरप्रमुखमा साझा उम्मेदवारको रुपमा नेपाली काङ्ग्रेस गुल्मीका पुर्व सचिव समेत रहेका हरिनारायण सापकोटा सर्वसम्मत उम्मेदवार बन्नुभएको छ ।
त्यस्तै गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा नेकपा समाजवादिका लुम्बिनी प्रदेश सचिवालय सदस्य समेत रहेका श्रीराम महत उम्मेदवार बन्नुभएको समाजवादिका नेता वसन्त अधिकारीले बताउनुभएको छ ।
वडाहरुमा भने नगरपालिका भरिमा नेकपा माओवादीलाइ वडानम्बर ३ बडागाउ र वडानम्बर ७ वामीमा नेकपा माओवादीको वडाध्यक्ष सर्वसम्मत उम्मेदवार बन्ने निर्णय भएको माओवादीका नेता खुम बहादुर थापाले बताउनुभएको छ ।
गठबन्धनको साझा उम्मेदवारको रुपमा वडानम्बर १ मा नेपाली काङ्ग्रेस मुसिकोटका नगर सभापति समेत रहेका मोहन घिमिरे रहनुभएको काङ्ग्रेसका नेता ज्ञानहरि सापकोटाले बताउनुभएको छ ।
वडानम्बर २ मुसिकोटमा काङ्ग्रेसका रबिन्द्र केसी,वडानम्बर ३ बडागाउमा माओवादीका दुर्गा खड्का उम्मेदवार बन्नुभएको काङ्ग्रेसका नेता माधव प्रसाद खरेलले बताउनुभएको छ ।
वडानम्बर ४ बडागाउमा काङ्ग्रेसका गुप्त बहादुर कार्की,५ आपचौरमा रुद्र खरेल ६ मा काङ्ग्रेसका जीत बहादुर रायमाझि (सुनिल) वडानम्बर ७ वामीमा नेकपा माओवादीका रुपकलाल श्रेष्ठ रहनुभएको काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णुकुमारी सापकोटाले बताउनुभएको छ ।
वडानम्बर ८ वामीमा काङ्ग्रेसको उम्मेदवार बन्ने भएपनि उम्मेदवारको टुङ्गो भने केहिछिनमा लाग्ने श्रोतले बताएको छ ।
वडानम्बर ९ अर्लाङ्गकोटमा भने केहि समय अगाडि नै काङ्ग्रेसकी महिला नेतृ भुमा गुरुङ्ग उम्मेदवार भन्नुभएको छ ।