माओवादीबाट मेयरका आकांक्षी वैश्यले पार्टी परित्यग गर्दै राप्रपामा प्रवेश

नेकपा माओवादी केन्द्र परित्यग गर्दै नन्दलाल वैश्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा गरेका छन् । राप्रपाको केन्द्रीय महामन्त्री डा. धवलशमशेर राणाले उनलाई बिहीबार अविरावरण गरेर पार्टी प्रवेश गराएका हुन् ।

नेता वैश्य माओवादी केन्द्रबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरका आकांक्षी थिए । उनी नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीका सहसचिवसमेत रहेको उनी नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।

वैश्यको प्रवेशले नेपालगन्जमा पुनः वचश्र्य स्थापित गर्न मद्दत पुग्ने राप्रपा केन्द्रीय महामन्त्री राणाले बताए । राप्रपामा वैश्यको प्रवेशसँगै नेकपा माओवादीका उम्मेदवारलाई स्थानीय तहको चुनावमा असर पुग्ने देखिन्छ ।-नेपालगन्ज

 यो पनि पढ्नुहोस -काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु हुँदैछ । परीक्षामा ५ लाख बढी परीक्षार्थीहरु सहभागी हुँदैछन् ।

कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले भौतिक रुपमै सन्चालन गर्न लागेको हो । अघिल्ला वर्ष विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।

एसईई परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार यस वर्षको परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ एक लाख ५७ हजार ९१४ छात्र र २ लाख ५७ हजार ५३ जना छात्रा गरी कूल ५ लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी हुन आवेदन फारम भरेका थिए ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारतर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसईईमा सहभागी छन् । परीक्षामा सबैभन्दा कम मनाङका ४३ विद्यार्थी छन् । एसईईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० जना विद्यार्थी पनि एसईईमा सहभागी रहेको परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए ।

प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्तांक पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर नतिजा प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । बोर्डले आगामी साउन १ देखि कक्षा ११ को शैक्षिकसत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएको अध्यक्ष शर्माको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय