गुल्मीको मुसिकोटमा नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार मात्रै २ जना

सागर भण्डारी,गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न राजनैतिक दलहरुले आफ्ना उम्मेदवारहरु घोषणा गरिरहेका छन् ।

वडा देखि पालिका तहमा उम्मेदवार टुगों लगाउने चटारो यतिबेला राजनैतिक दलमा परिरहेको छ । गुल्मीको मुसिकोट नगरपालिकाको नगरप्रमुख पदका लागि पनि विभिन्न राजनैतिक दल र स्वतन्त्र उम्मेदवारी घोषणा भईरहेको छ ।

यसैबीच नगरप्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी मात्रै २ जनाले घोषणा गरेका छन् । केही समय अगाडी २४ वर्षीय युवा विपिन विश्वास रायमाझीले नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । भने उनी चुनावी प्रचार अभियानमा पनि लागेका छन् ।

बिहिवार पुनः अर्को स्वतन्त्र उम्मेदवारी घोषणा भएको छ । नगरप्रमुख पदमा परियार उत्थान मञ्चले आफ्नो संस्थाको तर्फबाट स्वतन्त्र उम्मेदवार घोषणा गरेको हो ।

मञ्चका सचिव अर्जुन परियारले नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । नगरपालिका भित्र रहेका सम्पूणर् परियार बन्धु र समग्र दलितहरुको हकहीतका लागि आफुले स्वतन्त्र उम्मेदवारी दिएको परियारको भनाई छ ।

मुसिकोट नगरपालिकाको नगरप्रमुख पदमा नेपाली काँग्रेसको तर्फबाट हरिनारायण सापकोटा, नेकपा एमालेको तर्फबाट जीवन खरेलको उम्मेदवारी घोषणा भईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय