गुल्मीको रेसुङ्गा नगरपालिका ७ काे वडाध्यक्षमा विद्यार्थी नेता पन्थी

अनिष पन्थी, गुल्मी, ८ बैशाख । गुल्मीको रेसुङ्गा ७ मा विद्यार्थी नेता राम्जी पन्थी वडाध्यक्षकाे उमेदवार बनेका छन् । रेसुङ्गा  नगरपालिका वडा नम्बर ७ मा राम प्रसाद पन्थी (राम्जी)  नेपाली कांग्रेसको तर्फबाट सर्वसम्मत वडाध्यक्ष पदको उमेदवार बनेका हुन् ।

लामो समयदेखि नेपाल बिद्यार्थी संघको जिम्मेवारी पदमा बस्दै राजनीति गर्दै आएका पन्थी यस पटक वडाध्यक्षमा सर्वसम्मत उमेदवार बनेका हुन् ।  वडाको कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य  लगायतका क्षेत्रमा प्रचुर सम्भावना हुँदाहुँदै पनि विकास हुन नसकेकोले आफू निर्वाचित भएपछि सबै आवश्यकता पूरा गर्ने पन्थीले बताएका छन् ।

को हुन रामप्रसाद (राम्जी) पन्थी

वि.सं. २०४८ मा तम्घास गाउँ बिकास समिति वडा नम्बर ९ मा जन्मिएका  पन्थी वि.सं. २०६६ सालबाट  नेपाल बिद्यार्थी संघको सक्रिय राजनीतिमा होमिएका थिए । वि.सं. २०६९ मा महेन्द्र नमुना माध्यमिक विद्यालयको  इकाइ सदस्य भएपछि  अध्यक्ष भएर काम गरे । क्रमश उनी साविकको क्षेत्र नम्बर २ को सचिब भएर काम गरेका थिए ।  नेपाल विद्यार्थी संघको  ११ औं जिल्ला अधिबेशनबाट  जिल्ला सदस्यमा निर्वाचित बनेका थिए ।  क्रमश  उनी नेपाल बिद्यार्थी संघ गुल्मी जिल्लाको उपसभापति बने । १२ औ जिल्ला अधिबेशनमा पुन: उनी नेपाली विद्यार्थी संघको  जिल्लाको उपसभापतिमा रहर काम गरिरहेका छन् ।

त्यस्तै  २ बर्ष नेपाल बिद्यार्थी संघको कार्यबाहक सभापति भएर काम गरेका पन्थी   एक बिध्यार्थी नेता मात्र नभई हरेक गरिब दुखीको सारथी समेत रहेका छन् । उनले कोभिडको महामारीमा रेसुङ्गा नगरपालिका गुल्मीले सुरु गरेको बिपद् व्यबस्थापन समितिमा सहयोग समेत गरेका थिए । त्यति मात्र नभई  पन्थीले रेसुङ्गा नगरपालिकाको अर्खलेमा रहेको बुद्ध माध्यमिक विद्यालयका गरिब विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेका थिए ।

पन्थीले गुल्मी मात्र नभई बुटवल बहुमुखी क्याम्पसमा समेत करिब १५ महिना नेपाल विद्यार्थी संघको  राजनीति गरे । उनले पछिल्लो समय  अर्घाखाँचीको सन्धिखर्कमा पनि विद्यार्थी राजनीति गरेक थिए ।

पन्थीका प्रतिबद्धताहरु

जनताका न्यूनतम आवश्यकता खानेपानी, सडक, विद्यालय र स्वास्थ्य क्षेत्र आदिको हालको अवस्था अत्यन्तै नाजुक रहेको बताउँदै आफु निर्वाचित भएर आएपछि पूरा गर्ने पन्थीले बताए ।

वडाबासीलाई सूचनाको हक सुनिश्चित गर्नको लागि प्रत्येक टोलमा सुचना केन्द्र स्थापना गरी वडाबाट सञ्चालन हुने कार्यक्रमको जानकारी गराइने, प्रत्येक टोलमा कृषि समूह गठन गरी कृषि कार्यक्रमलाई प्राथमिकताको साथ अगाडि बढाइने, कृषकहरुलाई आवश्यकता पर्ने बीउ विजन निशुल्क उपलब्ध गराइने,  व्यवसायिक रुपमा कृषि तथा पशुपालन सञ्चालन गर्ने कृषकहरुलाई वडा,  कृषि ज्ञान केन्द्र र प्रदेश सरकार संग समन्वय गरी सञ्चालन गरिने पन्थीले प्रतिबद्धता जनाएका छन् । सहुलियत दरमा शुद्ध खानेपानी सबै वडावासीको मौलिक हक भएको हुँदा एक घर एक धाराको कार्यक्रम प्राथमिकताका साथ अगाडी बढाईने  र यसका लागि कमेरेपानीमा डिपवोरिङ उत्खनन् गरिने पन्थीले बताए।

गरिब असहाय र जेहेन्दार विद्यार्थी पहिचान गरी उच्च शिक्षाको लागि विशेष छात्रवृत्ति प्रदान गरिने, वडा भित्र रहेका प्राथमिक तहका शिक्षकहरुलाई मन्टेश्वरी तालिम प्रदान गरी सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाई आधुनिक शिक्षामा बढी जोड दिइने, बढ्दो शैक्षिक बेरोजगारलाई न्युनीकरण गर्नको लागि नगरले सञ्चालन गर्ने युवा स्वरोजगार कार्यक्रममा शिक्षित युवा युवतीलाई पनि अवसर प्रदान गरी सेवा मुलक
कार्यमा परिचालन गरिने समेत पन्थीले बताएका छन् ।

पेन्टिङ्ग, वाइरिङ पलाम्बिरीड, सिलाई कटाई, कम्प्युटर, ड्राइभरिङ्ग जस्ता तालिम सञ्चालन गरी प्राविधिक सीप र क्षमताको विकास गरी उत्पादित जनशक्तिलाई रोजगारीको अवसर प्रदान गरिने , उद्यमि बन्न चाहने महिलाहरुलाई ५० प्रतिशत अनुदानमा आवश्यक पर्ने औजारहरु जस्तै सिलाई मेशिन, पिसानी मिल, व्युटी पार्लरलाई आवश्यक पर्ने सामाग्रिहरु उपलब्ध गराइने, भुजेलखर्क थुम्कादेखि बगाले खोलासम्म संघीय तथा प्रदेशको गौरवको योजना अन्तर्गत सोलर बत्ती सहितको पक्की सिढी निर्माण गरिने पन्थीले घोषण  गरेका छन् ।

जेष्ठ नागरिक र माध्यमिक शिक्षा परिक्षामा उत्कृष्ट नतीजा ल्याउने विद्यार्थीलाई सम्मान गरिने , सुरक्षित मातृत्वलाई मध्यनजर गर्दै अस्पतालमा प्रसूती गराउने महिला दिदीबहिनीहरुलाई पहिलो ३ महिना पोषण भक्ता उपलब्ध गराइने, अजुर्नडाँडा र उनाएचौर क्षेत्रको पर्यटकीय विकासका लागि संघ तथा प्रादेशिक गुरु योजनामार्फत सडक कालोपत्रे तथा पिकनिक स्पोर्ट निर्माण गरिने , बिजुलीका पोलहरुलाई मोटरबाटो क्षेत्रहरुमा विस्तार गरी सडक बत्तीको उचित व्यवस्था मिलाउने पनि   पन्थीले घोषण गरेका छन् ।

वडाको समग्र बिकासको लागि अब युवा आउनुपर्ने बताउदै ढुक्क भएर रुख चिन्हमा मतदान गर्न पन्थीले आग्रह गरेका छन् । नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उमेदवार बनेका राम बहादुर थापा सङ्ग पन्थीले प्रतिस्पर्धा गर्दै छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय