मुसिकोट नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सागर भण्डारी,गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुसिकोट नगरपालिकामा निर्वाचन अधिकृत कार्यालयको स्थापना गरिएको छ ।

देशभर कार्यालय स्थापना गर्ने कार्यक्रम अन्तर्गत आज मुसिकोट नगरपालिकामा पनि स्थापना गरिएको हो । कार्यालयको निर्वाचन अधिकृत दयाशकंर अधिकारीले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै अधिकारीले आसन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचन शान्त र भयरहित वातावरणमा सञ्चालन गर्न कार्यालय स्थापना गरिएको बताउनुभयो । उहाँले निर्वाचनलाई सफल बनाउन सरोकारवाला सबै निकायको साथ सहयोग र सुझावको अपेक्षा समेत व्यक्त गर्नुभयो ।

कार्यालय उद्घाटन पश्चात आजै मुसिकोट नगरपालिकामा क्रियाशिल विभिन्न राजनैतिक दल र कार्यालयकाबीच अन्तरक्रिया समेत सम्पन्न भएको छ । उक्त कार्यक्रममा निर्वाचन आचारसहिंता पालना गरी निर्वाचनलाई सफल बनाउन सबै राजनैतिक दलले प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यालयले आजै निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ । जसअनुसार उम्मेदवार मनोनयनको दर्ता गर्ने मिति यही वैशाख ११ र १२ गते तय गरिएको छ । त्यस्तै वैशाख १२ गते मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरुको सुची सार्वजनिक गर्ने,वैशाख १३ गते उम्मेदवार उपर उजुरी दिने,वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गर्ने समय तय गरेको छ ।

भने वैशाख १५ गते नै मनोनयन भएका उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने,१६ गते उम्मेदवार फिर्ता लिने समय दिने, र सोही दिन अन्तिम नामावली प्रकाशन गरिने तथा १७ गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने समय तय गरिएको छ ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा,उपप्रमुख कमला शर्मा,प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषाल,वडा नं १ का वडाध्यक्ष पूणर् बहादुर हितान,४ का वडाध्यक्ष ओम बहादुर केसी,वडा नं ५ का कार्यवहाक वडाध्यक्ष यमकला खराल,वडा नं ६ का वडाध्यक्ष खड्क बहादुर खड्का,८ का वडाध्यक्ष नारायण सापकोटा,९ का वडाध्यक्ष नरेश राज खरेल,नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति सभापति मोहन घिमिरे,नेकपा एमाले मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले,नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष दुर्गा बहादुर वि.क,नेकपा एकीकृत समाजवादी जिल्ला उपसचिव बसन्त अधिकारी,जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष विरु गुरुङ,राप्रपाका गोविन्द गोपाल खाति लगायत सरोकारवाला,सुरक्षा निकायका प्रमुख पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन सत्रको सञ्चालन मुसिकोट नगरपालिकाका कम्प्युटर अपरेटर गोविन्द कडेंलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय