परियार उत्थान मञ्च मुसिकोट नगरकार्यसमितिले मेयर पदमा अर्जुन परियारलाई स्वतन्त्र उम्मेदवारको रुपमा उठाउने

परियार उत्थान मञ्च मुसिकोट नगरकार्यसमितिले आफ्नो संस्थाको तर्फबाट मुसिकोट नगरपालिका मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको छ ।

यस अगाडी नै मञ्चले विभिन्न वडा तथा नगरप्रमुखमा उम्मेदवारी दिने निर्णय गरेपनि अन्तत नगरप्रमुख पदमा उम्मेदवारी दिने घोषणा गरेको हो । मञ्चले आफ्नो तर्फदेखि मुसिकोट नगरपालिकाको नगरप्रमुखमा सचिव अर्जुन परियारलाई सर्वसम्मत रुपमा स्वतन्त्र उम्मेदवार बनाउने निर्णय गरेको छ ।

गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सार बजार स्थित मन्चको आफ्नै कार्यालयमा बसेको नगर समितिको भेलाले आफ्नो तर्फबाट स्वतन्त्र उम्मेदवारको रुपमा अर्जुन परियारलाई उम्मेदवार बनाउने र चुनावी अभियान तथा प्रचार प्रसारको काम सुरु गर्ने निर्णय गरेको समितिका सदस्य काशिराम परियारले जानकारी दिनुभयो ।

परापुर्वकालदेखि परियारहरुले आफ्नो सिलाउने पेसालाइ निरन्तरता दिदै कपडा सिलाउदै सबैको इज्जत,पहिचानसङ्गै नाङ्गो ढाक्ने काम गरेर समुदायमा महत्त्वपूर्ण सेवा गरेको र बाजागाजा बजाएर मनोरञ्जन सहित सस्कृति बचाउने काममा समेत योगदान पुराएकोले अब सामाजिक,राजनितीक नेतृत्व लिने गरि सामाजिक सेवा गर्नको लागि मुसिकोट नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी घोषणा गरेको उहाले बताउनुभयो ।

मन्चले आफ्नो उम्मेदवारी स्वतन्त्र हुने भएकोले सम्पुर्ण जातजाति,पेशा,धर्म,लिङ्ग,भुगोल,वर्ग,राजनीतिक दल र समग्र समुदायसमेतलाई सहयोग गरि जिताउनको लागि अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय