एमाले गुल्मी मुसिकोटले सबै वडाहरुमा वडाध्यक्षहरुको टुङ्गो लगायो,उपमेयरको पनि टुङ्गो लाग्दै

एमाले गुल्मी मुसिकोटले सबै वडाहरुमा वडाध्यक्षहरुको टुङ्गो लगाएको छ ।

स्थानिय निर्वाचन नजिकिएसङ्गै एमालेले आफ्नो तर्फबाट सबै वडाध्यक्ष पदको उम्मेदवार घोषणा गरेको हो ।एमालेले मुसिकोट १ पौदिअमराइमा वडा कमिटि अध्यक्षसमेत रहेका नारायण थापालाइ सर्वसम्मत उम्मेदवार चयन गरेको बताइएको छ ।

सोहि क्रममा वडानम्बर २ मुसिकोटमा पार्टि नगर सचिवालय सदस्य समेत रहेका महेन्द्र घिमिरेलाइ वडाध्यक्षको उम्मेदवार बनाएको छ । वडानम्बर ३ बडागाउ वडा कमिटि इन्चार्ज शंकर रायमाझिलाइ एमालेले सर्वसम्मत वडा नम्बर ३ बडागाउको वडाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको एमाले निकट विश्वासपात्रको भनाइ छ ।

पार्टी वडा कमिटिका अध्यक्ष समेत रहेका वडा ४ बडागाउका जुक्त बहादुर छन्त्याललाइ एमालेले वडानम्बर ४ बडागाउको सर्वसम्मत वडाध्यक्षको लागि निर्णय गरेको पार्टीले बताएको छ ।

आगामी स्थानीय चुनाबमा मुसिकोट नगरपालिका वडा न ५ आपचौरमा नेकपा एमालेको तर्फबाट सर्वसम्मत उमेदवार बनेको बताइएको छ जसमा पार्टी नगर कमिटि सदस्यसमेत रहेका ऋषिस्वर अर्याललाइ वडा अध्यक्षको उम्मेदवार बनाएको जानकारी प्राप्त भएको छ ।

त्यस्तै वडा नम्बर ६ कुर्घामा एमाले मुसिकोटका पार्टी सचिवालय सदस्य तथा हाल वडाध्यक्षसमेत रहेका खड्क बहादुर खड्कालाइ पार्टीले उम्मेदवार बनाएको छ । पार्टी जिल्ला सदस्य समेत रहेका वडानम्बर ७ वामीका हरिहर सापकोटालाइ वडानम्बर ७ वामीमा उम्मेदवार बनाइएको छ ।

वडानम्बर ८ वामीमा हाल वडाध्यक्ष नै रहेका एमाले जिल्ला सदस्य नारायण सापकोटालाइ एमालेले सर्वसम्मत रुपमा उम्मेदवार बनाएको छ । एमालेले सबैभन्दा पहिला टुङ्गो लगाएको वडानम्बर ९ अर्लाङ्गकोटमा पार्टी नगर सचिवालय सदस्य रामकृष्ण कंडेललाइ सर्वसम्मत उम्मेदवार बनाइसकेको छ ।

केहि ढिला भएको उपमेयरको उम्मेदवार भने ९ गतेसम्ममा टुङ्गो लाग्न सक्ने एमालेले बताएको छ । उप मेयरमा दाबेदारी हालकि उपमेयर कमला शर्मा,पार्टी जिल्ला सदस्य सिता भुषाल र पार्टी नगर उपसचिव गङ्गा श्रेष्ठको रहेकोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय