नेपाल प्रेस युनियन गुल्मीद्वारा पत्रकार घिमिरेलाई सम्मान

अनिष पन्थी,गुल्मी । नेपाल प्रेस युनियन गुल्मीले पत्रकार जनार्दन घिमिरेलाई सम्मान गरेको छ।
नेपाल पत्रकार महासंघले महासंघको विधानका उद्देश्यहरुको परिपूर्ति र महासंघको हित सम्वर्द्धन गर्न विभिन्न विभाग तथा समितिहरू निमार्ण गरेको र सोहि अन्तर्गत घिमिरेलाई पनि अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा मनोनयन गरेको अवसरमा प्रेस युनियन गुल्मीले सम्मान गरेको हो।

कार्यक्रम बोल्दै घिमिरेले सम्मान गरेकोमा प्रेस युनियन गुल्मीलाई धन्यवाद दिएका छन ।पत्रकार महासंघको जिल्लाको समितीमा रहदै गर्दा यी यस्ता अवसरबाट बन्जित भएपनि अहिले अन्तर्राष्ट्रिय बिभागको सदस्यमा मनोनयन भएकोमा खुसी व्यक्त गर्दै सम्पुर्ण साथीहरूलाई पनि साथ र समर्थन गर्ने घिमिरेले बताए ।
पत्रकारिता पेसालाई भुमिका निर्वाह गर्दै थप कलम चलाउने समेत बताए।

नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष रेशम कुवँरको अध्यक्षमा सुरु भएको कार्यक्रममा जिल्लास्थित युनियनमा आबद्ध पत्रकारको सहभागी रहेको थियो भने कार्यक्रमको संचालन युनियन गुल्मीका सचिव रमेश बिश्वकर्माले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय