सच्चा कम्युनिस्ट एमाले मात्र हो, माओवादी र समाजवादि नक्कली हुन-एमाले नेता खरेल

मुसिकोट गुल्मी – नेकपा एमाले मुसिकोटको तर्फबाट नगरप्रमुखको लागि उम्मेदवार बन्नुभएका एमालेका नेता जिवन खरेलले माओवादी र समाजवादि दुबै पार्टी नक्कली भएको बताउनुभएको छ ।

नामको अगाडि कम्युनिस्ट राख्दैमा सच्चा कम्युनिस्ट हुन नसक्ने भन्दै कम्युनिस्ट आन्दोलनबाट भाग्नेहरुलाइ कम्युनिस्ट भन्न नसकिने उहाले दाबि गर्नुभयो ।

सोमबार मुसिकोट नगरपालिका ७ स्थित वामीटक्सारमा आयोजित एक कार्यक्रममा सम्बोधनको क्रममा कम्युनिस्ट हु भन्दै काङ्ग्रेसको सहयोग माग्न जानेहरुलाइ कम्युनिस्ट भन्न नसकिने उहाको तर्क थियो ।

आजको दिनसम्म कम्युनिस्ट आन्दोलनमा एमालेले महत्त्वपूर्ण भुमिका निर्वाह गरेकोले बाकी आन्दोलनलाइ पनि सार्थक बिन्दुमा पुराउनको लागि आफुहरु संघर्षरत रहेको र त्यो सम्भव रहेको उहाको भनाइ थियो ।

परिवर्तन एमालेबाटै सम्भव भएकोले जो जता भएपनि अबको जित एमालेकै भएको कुरामा निश्चिन्त रहन र अझ बढि सकृयताका साथ लाग्न उहाले कार्यकर्तालाइ आग्रह समेत गर्नुभएको थियो ।

सोहि प्रसङ्गमा उहाँले सक्कली र नक्कली उस्तै देखिने भएकोले असल खराब छुट्टाउन केहि समय मात्र लाग्ने र तत्पश्चात सबैले आ आफ्नो स्थितिका बारेमा मुल्यांकन गर्ने दिन आउने जिकिर उहाले गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय