मुसिकोटको ९ नं मा एमाले परित्याग गरि आधा दर्जन व्यक्ति नेपाली काँग्रेसमा प्रवेश

गुल्मी । मुसिकोट नगरपालिकाको वडा नं ९ अर्लाङकोटमा नेकपा एमाले परित्याग गरि आधा दर्जन व्यक्तिहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

लामो समयदेखि नेकपा एमालेमा रहेका उनीहरुले एमालले विभिन्न झुट्टा प्रलोभन देखाएर झुक्काएकाले नेपाली काँग्रेसमा प्रवेश गरेको बताएका छन् । आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका नेताहरुले अविर र खादा लगाएर उनीहरुलाई पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसको तर्फबाट मुसिकोट नगरपालिकाको मेयर पदका उम्मेदवार हरिनारायण सापकोटाले वडा न. ९ भ्रम सिर्जना गरेर चुनाव भाँड्न खोजिएकाले सचेत भएर खबरदारी गर्न सम्पूणर् कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको सम्पूणर् टिमलाई रुख चिन्हमा मतदान गरी विजयी बनाउन पनि आग्रह गर्नुभयो ।

अर्लाङ्कोटमा स्वास्थ्य चौकी र विद्यालयका नाममा कयौँ पटक राजनीति गरिएकाले जनताले विकासको अनुभुत गर्न नपाएको र त्यसमा बाधक को बन्यो भन्ने कुरा ख्याल गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति सभापति मोहन घिमिरे,महाधिवेशन प्रतिनिधि ज्ञानहरी सापकोटा,नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति सहसचिव सुस्मा सापकोटा तिवारी लगायतका वडा समितिका पदाधिकारी भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय