मुसिकोटमा प्रतिपक्षी पाँच दलको चुनावी गठबन्धन बन्दै

गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन गर्ने सहमती बमोजिम गुल्मीको मुसिकोट नगरपालिकामा पनि गठबन्धनबीच चुनावी तालमेल हुने भएको छ ।

नगरपालिकामा क्रियाशिल दलहरु गठबन्धनमा के कसरी अगाडी बढ्ने भनेर छलफलमा केन्द्रित रहेका छन् । पाँच दलिय गठबन्धन गरेर जाने सहमती अनुसार मुसिकोट नगरपालिकामा कृयाशिल रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमोर्चा र जसपा बिच चुनावी तालमेल गर्न सिट बाडफाडको खाकामा हाल छलफल केन्द्रीत भएको छ ।

अघिल्लो निर्वाचनमा नेकपा एमालेले जित हासिल गरेको मुसिकोट नगरपालिकामा यसपटकको निर्वाचनमा भने एमालेलाई परास्त गर्ने गरी गठबन्धन शक्ति निर्वाचन केन्द्रीत रहने भएको छ ।

नेपाली कांग्रेस मुसिकोटका सभापती मोहन घिमिरेका अनुसार अबको २/३ दिन भित्र गठबन्धनका साझा उम्मेदवार तय गरेर चुनावी अभियानमा होमिने तयारी भएको छ । बिगतको एमाले नेतृत्वको स्थानिय सरकारले जनताको भावना अनुकुल काम गर्न नसकेको ठहर गर्दै मुसिकोटमा पाँच दलिय गठबन्धन जित निकाल्ने गरि चुनावमा होमिने तयारीमा छ ।

अहिले गठबन्धनबीच वडा र पालिका तहमा भागबन्डाका विषयमा छलफल चलिरहेको छ । काँग्रेसले माओवादी,समाजवादी र अन्य दलहरुलाई मतका आधारमा सम्मानजनक रुपमा गठबन्धनमा सहभागी गराएर लैजाने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय