माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज गौतमले दिए राजीनामा

५ वैशाख, दाङ । नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिएका छन् ।

सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । उनी घोराही उपमहानगरपालिका मेयरमा दाबेदार र आकांक्षी थिए ।

उनी ०७४ सालको चुनावमा मेयरमा उठेर पराजित भएका थिए । तत्काल कुनै पार्टीको सदस्‍यता नलिने उनले बताए ।

यो पनि पढ्नुहोस्।

सबैजना रियाल मड्रिडको हारको पर्खाइमा थिए तर हामी आगो भएर निस्कियौं : कार्लो एन्सेलोट्टी

काठमाडौं । आइतबार राती स्पेनिस लालिगामा सेभियामाथि नाटकीय रुपमा पुनरागमन जित निकालेपछि रियाल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टी आफ्नो टोली उपाधि जित्नका लागि नजिक रहेको प्रतिकृया दिएका छन् ।

सेभियाले शिर्ष स्थानको मड्रिडलाई खेलको पहिलो हाफमै दुई गोलले पछि पारेको थियो । इभान राकेटिक र इरिक लामेलाको गोलमा पहिलो हाफमै अग्रता बनाएपछि लगभग सेभिया खेल जित्नेमा ढुक्क रहयो तर, दोस्रो हाफमा त्यो हुन सकेन । रियालले उत्कृष्ट पुनरागमन जित निकाल्न सफल भयो र,यो खेलमा पनि करिम बेन्जेमा नयक बने ।

रोड्रिगो र नाचोले गोल गरेपछि बराबरी भएको खेलको इन्जुरी समयमा बेन्जेमाले एक गोल थप्दै सिभियाविरुद्ध ३–२ गोलको नतिजामा उत्कृष्ट पुनरागमन जित निकाले । शिर्ष स्थानमा १५ अंकको अग्रता बनाउँदै रियाल लालिगाको उपाधि नजिक पुगेको छ ।

खेलपछि बोल्दै मड्रिड उपाधि नजिक रहेकोमा एन्सेलोट्टीले पनि सहमती जनाएका छन् ।

‘खेल अझै सकिएको छैन तर हामी उपाधि नजिक भने पक्कै पुगेका छौं । सबैजान रियालको हार कुरिरहेका थिए तर हामी अझै आगो भएर निस्कियौं ।’ उनले भने ।

रियालले केहि महिना यता उत्कृष्ट पुनरागमन जितहरु निकालेको छ । मुख्यतः च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मन(पीएसजी) र चेल्सीविरुद्ध । र, आइतबार रातिको खेल एक प्रभावशाली उदाहरण हो ।

क्लबको इतिहास, खेलाडीहरुको गुणस्तर, खेलाडीबीचको भावना र रियालको जर्सी लगाउँदा खेलाडीहरुले पक्कै केहि विशेष महसुस गर्छन् । जसले गर्दा रियालले उत्कृष्ट सफलता हात पारिरहेको छ । र, यो कुरा रियाल मड्रिडका लागि नयाँ हैन र मलाई पनि लाग्दैन’, एन्सेलोट्टीले थपे ।

रियालले यो सिजन लिगमा ५ खेल खेल्न बाँकी छ । ३२ खेल खेल्दा २३ जित ६ हार र तीन बराबरीको नतिजा निकालेको रियाल ७५ अंकसहित शिर्ष स्थानमा छ । दोस्रो स्थानको बार्सिलोनाले ३० खेल खेल्दै ६० अंक जोडेको छ ।

सेभिया वार्सिलोनासँग समान ६० अंकसहित तेस्रो स्थानमा छ । भन्, साविक विजेता एट्लेटिको मड्रिड पनि ६० अंकसहित चौथो स्थानमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय