एकिकृत समाजवादीद्वारा मुसिकोटमा नगर प्रमुख र उपप्रमुखको उमेद्वार सर्वसम्मत चयन !

गोविन्द कंडेल मुसिकोट, गुल्मी । नेकपा एकिकृत समाजवादीले पार्टिको तर्फबाट आगामी बैशाख ३० मा हुने स्थानिय निर्वाचनको लागि नगर प्रमुख र उपप्रमुखमा सर्वसम्मत उम्मेदवार छनोट गरेको छ ।

शुक्रबार बसेको एकिकृत समाजवादी जिल्ला कार्य समितिको बैठकले मेयर र उपमेयर पदका आकांक्षिहरु मध्ये एकिकृत समाजवादीका संस्थापक जिल्ला अध्यक्ष समेत रहनु भएका युवा नेता श्रीराम महतलाई सर्वसम्मत उमेद्बार चयन गरेको एकिकृत समाजवादी गुल्मीले जनाएको छ ।

त्यसैगरी उपप्रमुख समाजवादी निकट अनेम संघ की नेतृ सावित्रा भण्डारीलाइ चयन गरेको हो । यस अघि समाजवादी मुसिकोटको तर्फबाट नगर प्रमुख र उपप्रमुखमा अन्य केही नेताहरुको नाम चर्चामा आउने गरेको थियो ।

हामी सँगको कुराकानीमा प्रस्तावित उमेद्वार महतले युवाहरु आफ्नो पक्षमा रहेकाले आफुले भारी मतले जित्ने दावी गर्नु भयो । यद्यपी गुल्मीमा सत्ता गठवन्धनका दलहरुविच चुनावी तालमेलका लागि समेत छलफल जारी रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय