गुल्मी । यहि मिति २०७९ बैशाख ३० गतेका लागि निर्धारण गरिएको स्थानीय तहको आसन्न निर्वाचनमा बिभिन्न दलहरुले आफ्नो उमेदवार घोषणा को काम तिब्र बढाएका छन्।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ९ मा नेपाली काँग्रेस ले वडाध्यक्ष पदका लागि युवा महिला समाजसेवी भुमा गुरुङलाइ सर्बसम्मत अघि सारेको छ। नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य माधव प्र.खरेल, मुसिकोट नगरपालिका उप सभापति टिकाराम सापकोटा, पूर्व गा.वि.स.सभापति यादुलाल सापकोटा र मुसिकोट नगरपालिका -९,का सभापति विश्वनाथ सापकोटा, पूर्व नेता ढाल बहादुर पौड्याल साथै घन ब.खत्री लगायतका अन्य बरिष्ठ नेताहरुको समुहले बहुआयामिक व्यक्तित्व युवा नेतृ गुरुङ लाइ वडाध्यक्ष पदका लागि सर्बसम्मत अघि सारेको हो।
जिबनका चार दसक महत्वपूर्ण समय बिताउदा पनि आफ्नो निजि जिबन बारे कहिल्यै नसोचेर केबल समाज सेवा मात्र गर्ने बिभिन्न समाजसेवाका कर्महरुले पोख्त, त्याग र निष्ठाको राजनीति गर्दै आएकी नेतृ नेपाली काँग्रेस पार्टीको पाँच नं प्रदेश तह सम्म राम्रो पकड बनाएकी छिन्।
नेपाल महिला संघ महाधिवेशन प्रतिनिधि, नेपाली काँग्रेस क्षेत्रिय प्रतिनिधि, तरुणदल जिल्ला सदस्य, नेपाल महिला संघकी क्षेत्रीय सचिव,नेपाली काँग्रेस मुसिकोट नगर समिति सदस्य, नेपाल रेडक्रस आजिवन सदस्य एवम् मुसिकोट उपशाखामा सदस्य रहेकी गुरुङ दुइ दुइ पटक रेडक्रस सचिब रहेर सेबा गरेको होस् वा कोषाध्यक्ष रहँदा तथा जिल्ला असल शासन समितिको सदस्यमा रहाँदाको बेलाको कुरा गर्दा, गुल्मी जिल्ला मानब अधिकारको सदस्य रहेर काम गरेका धेरै अनुभव र सबै कर्म सफल छन् गुरुङ का।
वडा सभापती श्री विश्वनाथ सापकोटा भन्नुहुन्छ-राजनीतिमा भाषण छाट्ने, माला लाउने,सम्मान खोज्ने,गफ दिने नेता त धेरै छन् तर भुमा गुरुङ खुरुखुरु काम गर्ने मध्येकी नेतृ हुन् ।उनको त्याग र समाजसेवाको दृढ भावनाको मेरा शब्दले वर्णन गरेर सकिदैन। हक्की स्वभाव र हरेक जिम्मेवारीमा पारदर्शिता उनको सबैभन्दा प्रशंसनीय गुण हो । उहाँ थप्नुहुन्छ, प्रतिस्पर्धाका लागि आएका अरुदलका उमेदवारको तुलनामा भुमाले अत्यधिक मतले सहजै विजय हाँसिल गर्छिन् किनभने भुमा अर्लाङ्कोटको माटोकी छोरी हुन् अर्लाङ्कोट मै परम्परागत जिबन शैलीमा रम्ने,वडाका हरेक नागरिकको दिन दैनिकी सँग संगै घुलमिल भएर जिउने उनको सुन्दर संस्कार छ।
जनताको घरदैलोमा पुगेर सरल शैलि र सादा पोशाकमा-मतदातासंग पार्टीले टिकट दिएको छ।हाम्रो टिमलाइ जिताइदिनुहोस् है,अबको पाँच वर्षका लागि जनप्रतिनिधि बनेर तपाइ हरुको सेवा गर्ने मन बनाएकी छु भन्दा पाका पुराना मानिसहरु गुरुङ लाइ आर्शिवाद दिंदै गरेका देखिन्छ।
भुमाको उमेदवारी सँगै सिंगो गाउँका युवा जुरुक्कै उठेका छन् सबैको ओठमा मुस्कान देख्न सकिन्छ।भुमाको उमेदवारी घोषणाको कारण देश विदेशबाट समेत अर्लाङ्कोटका युबा हरु चुनाबको लागि गाउँ फर्कने संम्भावना देखिन्छ र भुमा गुरुङलाइ साथ दिन र मतदान गर्न हौसिएको भनेर एक स्थानीय युवा ले बताए।
भुमा गुरुङ बिजयी हुनासाथ अर्लाङ्कोटमा सहकारी बैंक स्थापना गर्न सकिने, केहि साना उद्योग तथा ब्यबसायिक फर्महरुमा ठुलो लगानी गर्न युवा ब्यबसायी आतुर रहेको उनले सुनाए।
वास्तवमा स्थानीय तहमा गुणस्तरीय विकास गर्ने हो भने यस्ता सबल सक्षम सामाजिक सकृयता भएका युबा लाइ प्रोत्साहन गर्ने हो भने समयको माग र आजको आवश्यतालाइ बुझेर सर्व साधरण नागरिकका बास्तविक समस्याको सहि समाधान हुनसक्छ भन्ने देखिन्छ।