राम्रो गर्दा फुलको माला र गलत गर्दा जुत्ताको माला वरण गर्न सक्नुपर्छ – नेतृ विष्णुकुमारी सापकोटा

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कार्य सम्पादन समिति सदस्य विष्णुकुमारी सापकोटाले सामाजिक,राजनीतिक क्षेत्रमा काम गर्नेहरुले चाहेर वा नचाहेर फूल वा जुत्ताको मालालाइ वरण गर्ने क्षमता राख्नुपर्ने धारणा राख्नुभएको छ ।आफू त्यागि साधारण र समुदायको साझा व्याक्तित्व भएकोले राम्रो काममा फुलको माला र गलत कर्म गरेमा सहर्ष स्वीकार गरि जुत्ताको माला हासिहासि वरण गर्न सक्ने क्षमता आफूमा रहेको र त्यस्तो क्षमता सबैले राख्नुपर्ने धारणा उहाको रहेको थियो ।

एक कार्यक्रममा बोल्दै उहाले सामाजिक, राजनितिक क्षेत्रमा काम गर्ने जो कोहिले काम गर्ने क्रममा सबैलाइ समेटेर जानुपर्ने हुन्छ तर कतिपय अवस्थामा चाहदा चाहदै पनि कहिलेकाहीँ सबैको पक्षमा काम नहुन सक्छन त्यस्तो अवस्थामा असन्तुष्ट पक्षले दिने दबाब सहन गर्ने सामर्थ्य यस क्षेत्रमा काम गर्नेहरूले राख्नुपर्ने धारणा उहाले राख्नुभएको हो ।

उहाले आफू सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्दैगर्दा धेरै संघर्ष,त्याग र बलिदान गरेको उद्घोष गर्दै आजका नारीवर्गहरुको हक अधिकारको लागि पर्दाभित्र र बाहिर आफूले निस्वार्थ रुपमा काम गर्दा आफ्नो जिवन समाहित गरेको स्मरण गराउनुभयो ।

आफ्नो विद्यार्थी कालको राजनितीलाइ स्मरण गर्दै उहाले महिलाहरुले पनि गर्न सक्छन भनेर उदाहरण पेस गर्न कठिन परिस्थितिलाइ सामना गर्ने क्रममा जागीरे बनेर त्यहि पैसाले सामाजिक काम गरेको स्पष्ट पार्नुभयो ।

जागिरे बन्दा २४ घण्टा नै ड्युटी गरेर विद्यार्थी राजनीतिको रिण तिरेर पुन २०६१ मा गुल्मी फर्केर गुल्मी जिल्लाका ७९ गा बि स मा पैदल यात्रा गरेर महिला तथा दीन दुखीका आवाजलाई बाहिर निकाल्दै राजनैतिक र सामाजिक क्षेत्रमा अहिलेसम्म अनबरतरुपमा लागिरहेको कुरा व्यक्त गर्दै सङ्गठनलाई बलियो बनाउदै भ्रष्टाचारलाई निश्तेज पार्ने कुरामा आफुलाइ समर्पित गर्दै कुनै पनि अवसरहरुलाई बिना हिच्किचाहट त्याग गर्न आफु तयार भएको कुरा बताउनुभयो ।

आफु जन्मेको माटोलाई सदैव शिरमा राख्दै जीवनका धेरै खुसि र उपलब्धिहरुलाई तिलान्जली दिएको उहाको भनाइ छ ।

पछिल्लो समय स्थानीय निर्वाचन नजिकिएसंगै चुनाबी रौनक भित्रीसकेकोले उहाले नेपाली कांग्रेसको तर्फबाट उम्मेदबार बन्नुभएका पार्टीका पुर्व जिल्ला सचिव समेत रहेका हरिनारायण सापकोटालाई अग्रिम बधाई तथा शुभकामना दिनुभएको थियो ।

कांग्रेसले कैयौंपटक आफुले हार्दै गर्दापनि देशलाई निकाश दिनेबेला सधै अग्र मोर्चामा रहेकोले यसपाली भने कांग्रेसका कुनैपनि उम्मेदवारलाई हार्ने छुट नभएको जिकिर गर्नुभयो ।

उहाले नेता तथा कार्यकर्ताहरुलाई जरैदेखि लागेर जित हासिल गरेर मात्र थकाइ मार्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय