सभापती बनाएको गुन तिर्न प्रकाशमानकी श्रीमतीलाई काठमाडौँ महानगरको मेयरको उमेदवार बनाउँदै देउवा !

नेपाली काग्रेसको १४ महाधिवेशनमा शेरबहादुर देउवालाई जसरी पनि सभापतीमा पराजित गर्नु पर्छ भनेर लागेका काग्रेस नेता प्रकाशमान सिंह अन्तिममा आएर दोस्रो चरणको निर्वाचनमा उनै देउवालाई मत दिएर सभापती बनाउँन निर्णायक भुमिका खेले ।

रातारात युटर्न भएर देउवा भए पार्टी चल्नै सक्दैन भन्ने सिंह देउवा बिना पार्टी चल्नै सक्दैन भन्ने ठाउँमा पुगेका थिए । लौह पुरुष गणेशमान सिंहका छोरा प्रकाशमान सिंहको तत्कालिन व्यवहारको निकै आलेचना पनि भएको थियो । आलोचकहरुको जवाफमा सिंहले हाम्रो परिवारले चाँही सँधै त्याग मात्रै गर्नु पर्ने ? भन्दै जवाफ फर्र्काउँने गरेका छन् ।

सभापती निर्वाचित गराउँन देउवाले तत्कालै सिंहलाई उपप्रधानमन्त्री सहित गृहमन्त्री बनाउँने , सिंह प्यानलमै रहेकी सुजाता कोइरालालाई मन्त्री बनाउँने लगायतका व्यापक हल्लाहरु त्यस बखत चलेका थिए तर देउवाले त्यसो गरेनन् तर अब फरक तरिकाले देउवाले सिंहको गनु तिर्न लागेको चर्चा चलेको छ ।

प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापती शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाको मेयरमा सिंहपत्नी सिर्जना सिंहलाई मेयरको उमेदवार बनाउँन ग्रिन सिग्नल दिएइको खबर बाहिरिएको छ । देउवाको ग्रिन सिग्नल पाए पछि सिँहले गठबन्धनको पक्षमा निकै जोडतोडले भाषण ठोक्न थालेका छन् ।

देउवाको बचन पाए पछि सिंहको हाउभाउ र बोली चालीनै बदलीएको चर्चा काग्रेस भित्र चल्न थालेको छ । पक्कै ठूलै वचन देउवाबाट पाएर प्रकाशमानको फार्तीफुर्ती बढेको हुन सक्ने कानेखुशि काग्रेस भित्र चल्न थालेको छ ।

केहि दिन अघि मात्रै नेता सिंहले आगामी निर्वाचनमा गठबन्धन गरेर जानुको विकल्प नरहेको भन्दै गठबन्धन नमान्नेले पार्टी छोडेर गए हुन्छ भन्ने सम्मको पनि अभिव्यक्ति दिएका थिए । सिंहले फेरी पनि गठबन्धनको विकल्प नरहेको बताउँने गरेका छन् । श्रीमतीलाई गठबन्धनको तर्फबाट काठमाडौँको मेयरको उमेदवार बनाएर जिताउँने दाउले उनको यस्ता अभिव्यक्ति आउँन थालेको बताइन्छ ।

देउवाले सिंह पत्नीलाई गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयर बनाउँने बचन दिएको कुराको पहिलो संकेत मिलेको छ छ । नेपाल महिला संघ काठमाडौं जिल्ला कार्यसमितिले काठमाडौंको मेयरमा प्रकाशमान पत्नी सिर्जना सिंहलाई अगाडि सार्नुपर्ने औपचारिक निर्णय समेत गरेको छ ।

विद्यार्थी राजनीतिदेखि नै नेपाली कांग्रेसमा सक्रिय उनी प्रकाशमानसँग विहेपछि भने राजनीतिमा निष्क्रिय भइन् । पार्टी राजनीतिमा क्रियाशील नभएपनि उनले प्रकाशमानको राजनीतिक व्यवस्थापनमा भने सहयोग गर्दै आएकी छन् ।

राजनीतिमा प्रत्यक्ष रुपमा क्रियाशील नदेखिएपनि उनले सामाजिक सञ्जालमा सामाजिक र राजनीतिक विषयमा आफ्ना धारणा राख्दै आएकी छन् । कांग्रेसको १४ औं महाधिवेशनमा उनी काठमाडौं निर्वाचन क्षेत्र नंं ७ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएकी थिइन् ।

महिला संघले औपचारिक रुपमै काठमाडौंको मेयरमा सिंहको नाम प्रस्ताव गरेपछि उनी चर्चामा छिन् । २०३७ सालमा शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा नेकपा माओवादी केन्द्रकी नेतृ एवं ऊर्जामन्त्री पम्फा भुषाललाई हराएर सिर्जना कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनी सोहि वर्ष नेपाल महिला संघ गोरखासमेत बनेकी थिइन् । स्ववियू कोषाध्यक्ष निर्वाचित हुनुअघि नै उनी महाबौद्ध क्याम्पसको नेविसंघ एकाई सभापति भइसकेकी थिइन् ।

काठमाडौं महानगरकै उपमेयर हरिप्रभा खड्गीले आफू मेयरको स्वभाविक उम्मेदवार भएको बताउने गरेकी छन् । काठमाडौं महानगरमा मेयर गुमाएको कांग्रेसबाट उपमेयरमा अत्यधिक मतका साथ खड्गी निर्वाचित भएकी थिइन् । उनले मेयरमा आफ्नो दावी रहेको बताएपनि सिर्जना नै अगाडि सरे सहयोग गर्ने उनीनिकट बताउँछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय