भुवन काफ्ले, मुसिकोट । कांग्रेस मुसिकोटको तर्फबाट नगरप्रमुखमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पुर्ब सचिब हरिनारायण सापकोटा सर्बसम्मत चयन हुनुभएको छ ।
आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेस मुसिकोट नगरपालिका गुल्मीको तर्फबाट नगरप्रमुखको उम्मेदवारको लागि नेपाली काङ्ग्रेस गुल्मीका पुर्व पार्टी सचीव हरिनारायण सापकोटा सर्वसम्मत उम्मेदवार चयन हुनुभएको हो ।

यसै गरि मुसिकोट वडा नम्बर १ को तर्फबाट नेपाली काङ्ग्रेस मुसिकोट नगर कार्यसमितिका सभापति समेत रहेका मोहन घिमिरेलाई वडाध्यक्षको उम्मेदवार बनाउने गरि निर्णय गरेको काङ्ग्रेसले बताएको छ ।
त्यस्तै नेपाली काङ्ग्रेस गुल्मी मुसिकोट वडा नम्बर ४ बडागाउले पनि वडाध्यक्षको टुङ्गो लगाएको छ । बुधबार बसेको पार्टीको बैठकले वडाका पार्टी सभापति समेत रहेका गुप्त बहादुर कार्कीलाइ सर्वसम्मत रुपमा काङ्ग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको काङ्ग्रेसले बताएको छ ।
त्यस्ते गरि कांग्रेसले वडा नम्बर ९ अर्लाङ्गकोटमा भने नेतृ भुमा गुरुङ्गलाइ काङ्ग्रेसले उम्मेदवारको जिम्मा लगाइसकेको नेपाली कांग्रेस पार्टि श्रोतले जानकारि दिेएको छ ।
आउदो बैशाख ३० गते हुन गैरहेको स्थानिय निर्वाचनको लागि काङ्ग्रेसले नगर उप-प्रमुख र अन्य वडाहरुमा पनि सर्वसम्मत उम्मेदवार चयन गर्ने काममा अन्तिम बिन्दुमा पुगेको बताईएको छ ।